नेपाल हेल्थ न्युज, मोरङ । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा सञ्चालित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा ३ हजार ५०० जनाको आँखा परीक्षण गरिएको छ भने मोतियाबिन्दु पहिचान भएका २७५ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ।
मिक्लाजुङ गाउँपालिकाको आयोजना, तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग तथा मधुमल्ला अस्पतालको स्थानीय सहजीकरणमा शिविर सञ्चालन गरिएको हो। मिक्लाजुङ गाउँपालिका–२ स्थित मिक्लाजुङ आधारभूत अस्पतालमा कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म शिविर सञ्चालन भएको थियो।
शिविरमा मिक्लाजुङसहित उत्तरी मोरङका विभिन्न क्षेत्र तथा छिमेकी जिल्ला इलाम र झापाबाट समेत आँखाका बिरामी उपचारका लागि आएका थिए। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतसँग सम्बन्धित तिलगंगा आँखा अस्पतालको विशेषज्ञ प्राविधिक टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। शिविरमार्फत हजारौँ नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्।
मोतियाबिन्दुका कारण लामो समयदेखि दृष्टिसम्बन्धी समस्या भोगिरहेका २७५ जना बिरामीको सफल शल्यक्रियापछि उनीहरूमा पुनः स्पष्ट दृष्टि प्राप्त हुने आशा पलाएको छ। स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको टोलीबाट गुणस्तरीय उपचार सेवा उपलब्ध भएपछि उत्तरी मोरङसहित इलाम र झापाका नागरिकसमेत लाभान्वित भएका छन्।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरले आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका स्थानीयवासीलाई ठूलो राहत पुर्याएको छ।
१८ दिने शिशुको मृत्युपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा तनाव
बुधबार, मंसिर २, २०८३
चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक नखान औषधि व्यवस्था विभागको आग्रह
बुधबार, मंसिर २, २०८३
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता
बुधबार, मंसिर २, २०८३
