नेपाल हेल्थ न्युज, वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। चिकित्सक तथा नर्सको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार तथा आफन्तले अस्पतालको मुख्य गेट बन्द गरी विरोध प्रदर्शन गरेका छन्।
शिशुको मृत्युपछि आक्रोशित बनेका आफन्त तथा स्थानीयको भीड अस्पताल परिसरमा जम्मा भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
पर्सा प्रहरीका प्रवक्ता सञ्जीवबाबु खड्काका अनुसार शिशुको मृत्युको विषयलाई लिएर आफन्तहरू आन्दोलनमा उत्रिएका हुन्। उनका अनुसार उत्पन्न तनावलाई नियन्त्रणमा लिन तथा पीडित पक्षसँग देखिएको विवाद समाधान गर्न अस्पताल प्रशासन र सुरक्षाकर्मीबीच छलफल भइरहेको छ। घटनाबारे थप अनुसन्धान तथा छानबिनको माग गर्दै आफन्तहरूले विरोध जारी राखेका छन्।
चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक नखान औषधि व्यवस्था विभागको आग्रह
बुधबार, मंसिर २, २०८३
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता
बुधबार, मंसिर २, २०८३
विशेषज्ञ स्वास्थ्य सेवा समुदायमैः भक्तपुरमा बीएन्डबी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
बुधबार, मंसिर २, २०८३
