नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर थप बढ्दै गएको छ। विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पाँचौँ स्थानमा पुगेको छ।
वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बिहान ६ देखि ७ बजेको अवधिमा काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको हो।
यसअघि बिहान ५ देखि ६ बजेसम्म काठमाडौंको एक्यूआई १५८ रहेको थियो। यसरी एक घण्टाको अवधिमै प्रदूषणको स्तर १४ अंकले वृद्धि भएको देखिन्छ।
वायु गुणस्तर सूचकांक १५१ देखि २०० सम्म पुग्नुलाई स्वास्थ्यका दृष्टिले अस्वस्थकर अवस्था मानिन्छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित हुन सक्छन्।
आईक्यूएयरको सूचीअनुसार २८४ एक्यूआईसहित पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। त्यस्तै, २०८ एक्यूआईसहित बंगलादेशको ढाका दोस्रो, १९९ सहित भारतको कोलकाता तेस्रो र १८३ एक्यूआईसहित भारतको नयाँदिल्ली चौथो स्थानमा रहेका छन्।
यसैगरी उज्बेकिस्तानको तास्कन्द छैटौँ, इन्डोनेसियाको जकार्ता सातौँ र भारतको मुम्बई आठौँ स्थानमा सूचीकृत भएका छन्।
काठमाडौंमा प्रदूषणको मात्रा बढ्दै जाँदा जनस्वास्थ्यमा पर्न सक्ने असरप्रति सचेत रहन आवश्यक देखिएको छ। विशेषगरी जोखिम समूहमा पर्ने व्यक्तिहरूले अनावश्यक रूपमा घरबाहिर ननिस्कने र प्रदूषण बढी भएको समयमा बाहिरी गतिविधि कम गर्ने जस्ता सावधानी अपनाउनु उचित हुन्छ।
१८ दिने शिशुको मृत्युपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा तनाव
बुधबार, मंसिर २, २०८३
चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक नखान औषधि व्यवस्था विभागको आग्रह
बुधबार, मंसिर २, २०८३
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यक : मन्त्री मेहता
बुधबार, मंसिर २, २०८३
