नेपाल हेल्थ न्युज, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधामन्त्री वालेन्द्र शाह बालेन र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आठ बुँदे समझदारी भएको छ ।
प्रधानमन्त्री बालेनको भ्रमणको दोस्रो दिन सोमबार समझदारी भएको हो ।
यी हुन् समझदारीका बुँदाः
१.फरेन्सिक विज्ञानमा सहकार्यः गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
२. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी भएको छ।
३. प्रशासनिक अधिकारीहरूको तालिम: भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
४. आयुर्वेद र परम्परागत चिकित्सा: दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्नेछन्।
५. स्याटेलाइट सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
६. सहरी विकास: दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
७. स्वास्थ्य र चिकित्सा: भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन: दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।
नेशनल मेडिकल कलेजका पीजी प्रथम वर्षका चिकित्सकद्वारा सामूहिक राजीनामा
सोमबार, मंसिर ७, २०८३
गर्भवती महिलाको मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड
सोमबार, मंसिर ७, २०८३
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक र उपप्राध्यापकका लागि दरखास्त आह्वान
सोमबार, मंसिर ७, २०८३
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह गर्ने डा. केसीको चेतावनी
सोमबार, मंसिर ७, २०८३
