नेपाल हेल्थ न्युज, वीरगञ्ज । नेशनल मेडिकल कलेज वीरगञ्जमा लामो समयदेखि जारी आवासीय चिकित्सकहरूको आन्दोलन ६ बुँदे सहमतिपछि टुंगिएको छ।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र नेपाल मेडिकल काउन्सिलको रोहवरमा कलेज प्रशासन र आवासीय चिकित्सकबीच सहमति भएको हो।
सहमतिअनुसार आन्दोलनमा सहभागी चिकित्सकलाई कुनै कारबाही वा प्रतिशोध नगरिने, कटौती गरिएको स्टाइपेन्ड फिर्ता गरिने र हप्तामा दुई दिनभन्दा बढी २४ घण्टे ड्युटी नलगाइने भएको छ।
त्यस्तै, नियमित परीक्षामा सहभागी हुन रोक नलगाउने, थेसिस स्वीकृति प्रक्रियामा ढिलाइ नगर्ने तथा राजीनामा दिएर वा रिलिज लेटर लिएर बाहिरिएका आवासीय चिकित्सकलाई बिनासर्त पुनः भर्ना गर्ने सहमति भएको छ।
सहमतिका बुँदा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित दुवै पक्षले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य समाचारमा संवेदनशीलता अपनाउन चिकित्सकको आग्रह
बिहीबार, मंसिर १०, २०८३
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. दिप्तेश अर्याल
आइतबार, कात्तिक २९, २०८३
जाडो महिनामा निमोनियाबाट कसरी बच्ने ?
आइतबार, कात्तिक २९, २०८३

