नेपाल हेल्थ न्युज, काठमाडौं। काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गर्नुभयो । पुल रु चार करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या सार्न मिल्नेगरी लिफ्ट जडान गरिनेछन् । अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने हालको बाध्यता पुल र लिफ्ट सञ्चालनमा आएपछि अन्त्य हुनेछ ।
पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङ पनि निर्माण गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
सहमति कार्यान्वयन नभए २६औँ सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, मंसिर १०, २०८३
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, क-कसले भर्न पाउँछन् सेयर?
बिहीबार, मंसिर १०, २०८३
मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य
बिहीबार, मंसिर १०, २०८३
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
बिहीबार, मंसिर १०, २०८३
