नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले शुक्रबारसम्म सहमतिविपरीत गरिएका निर्णय नसच्याए र विगतका सम्झौता कार्यान्वयन नगरे २६औँ सत्याग्रह सुरु गर्ने बताउनुभएको हो।
उहाँले २४औँ र २५औँ सत्याग्रहका क्रममा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, स्वास्थ्य सेवामा समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका विषयमा सरकारसँग सहमति भएको स्मरण गराउनुभएको छ।
तर, सरकारले ती सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै उल्लङ्घन गरेको डा. केसीको आरोप छ। उहाँका अनुसार सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गरेको छ।
उक्त निर्णय सच्याउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। विगतमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले सहमतिको भावना कमजोर पार्ने काम गरेको उहाँको भनाइ छ।
सरकारले शुक्रबारसम्म आफ्ना माग सम्बोधन नगरे २६औँ सत्याग्रहसहित आन्दोलनमा उत्रिन बाध्य हुने डा. केसीले चेतावनी दिनुभएको छ।
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, क-कसले भर्न पाउँछन् सेयर?
बिहीबार, मंसिर १०, २०८३
मेडिकल काउन्सिलका प्रमाणपत्र लिन प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य
बिहीबार, मंसिर १०, २०८३
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
बिहीबार, मंसिर १०, २०८३
नेसनल मेडिकल कलेजमा आवासीय चिकित्सक र प्रशासनबिच सहमति, आन्दोलन फिर्ता
बिहीबार, मंसिर १०, २०८३
