नेपालमा मिर्गौलाको विफलतासम्बन्धि समस्या बढ्दो छ । मिर्गौला विफल भएका बिरामीको सुविधालाई ध्यानमा राखेर सरकारले निःशुल्क डायलासिस, प्रत्यारोपण सेवा र मिर्गौल प्रत्यारोपणपछि खाने औषधि खर्चका लागि एक लाख रुपियाँ सम्म उपलब्ध गराउँदै आएको छ । पछिल्लो पटक सरकारले डायलाइसिस र प्रत्यारोपण गरेका बिरामीलाई जिविकोपार्जन भत्ता स्वरुप मासिक ५ हजार रुपियाँ दिने घोषणा गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरबाट निवर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाले सो भत्ता वितरणको शुरुवात् पनि गरिसक्नुभएको छ ।
डायलाइसिस सेवा लिइरहेका बिरामीहरुको समस्या देखेर सरकारले यस किसिमको जिविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । तर दुर्गम क्षेत्रका कतिपय मिर्गौला विफल भएका व्यक्तिले जिविकोपार्जन भत्ता होइन डायलाइसिस सेवा नै प्राप्त गर्न सकेका छैनन् । उनीहरुले डायलाइसिस सेवा लिन गाउँ नै छोड्नुपर्ने बाद्यता छ ।
अहिले सरकारले वितरण गरेको सामाजिक सुरक्षा अन्तर्गत जीविकोपार्जन भत्ता दुई किसिमबाट सदुपयोग गर्न सकिन्छ । यस अन्तर्गत डायलाइसिस नपुगेको ठाउँमा डायलाइसिस सेन्टर खोल्नु पर्छ । सरकारले आगामी १० वर्ष भित्र ७५ जिल्लामा डायलाइसिस सेवाको पहुँच पु¥याउन पहल गर्नुपर्छ । यसबाट मिर्गौला पिडीत मर्नुपर्दैन । अर्कोतिर मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिका लागि पैसाको सट्टा औषधि नै उपलब्ध गराउनुपर्छ । जस्तोः क्षयरोग लागेका व्यक्तिलाई डट्स कार्यक्रम अन्र्तगत औषधि उपलब्ध गराइन्छ । एड्स पिडीतहरुलाई एड्स कार्यक्रम अन्र्तगत औषधि बाँडिन्छ । त्यसैले प्रत्यारोपण गरेका बिरामीलाई इम्युनोसप्रेसन औषधि निःशुल्क उपलब्ध गराउनुपर्छ ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले जीवनभर औषधि सेवन गर्नुपर्छ । सुरुका दिनमा १५–२० हजारको औषधि सेवन गर्दै अन्तिममा ५ हजार सम्मको औषधि अन्तिम अवस्था सम्म सेवन गरिरहनुपर्छ ।
डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या बढ्ने र सरकारले निःशुल्क डायलाइसिस सेवा दिदै जाँदा राज्यले खर्च धान्न गाह«ो पर्नसक्छ । त्यसैले सकेसम्म कम खर्चमा बिरामीलाई मिर्गौला प्रत्यारोपणतिर अग्रसर गराउनुपर्छ । प्रत्यारोपण भएपछि डायलाइसिस मेसिन खाली हुने र नयाँ बिरामीले अवसर पाउँछन् । बिरामीले जिल्ला स्थानीय अस्पतालबाट समेत डायलाइसिस सेवा प्राप्त गर्नुपर्छ ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिने उपाय अर्को महत्वपूर्ण कुरा हो । त्यसैले जीवनशैलीमा सुधार र बेलाबेलामा मिर्गौला परीक्षण गर्नुपर्छ । डायलाइसिस निःशुल्क पाइन्छ भन्ने सोचेर बस्न हुँदैन । अस्वस्थकर जीवनशैलीबाट माथि उठ्नुपर्छ र डायलाइसिस गराउने बिरामीको संख्या घटाउनुपर्छ ।
यसका साथै मिर्गौला रोग लाग्न सक्ने सम्भावित खतरा बोकेका ब्यक्तिलाई सचेत गराउनुपर्छ र राज्यस्तरबाट जनचेतना सम्वन्धि कार्यक्रमहरु सञ्चालनमा ल्याइनुपर्छ । रोग लाग्न नदिने जिम्मेवारी सबैको हो । कतिपय अवस्थामा मिर्गौला रोगमा लक्षण नदेखिने भएकाले करिब ३ सय रुपियाँ खर्च गरेर रगतमा क्रियाटिन र पिसाबमा युरिन जाँच गर्दा मिर्गौलाको रोग पहिचान हुन्छ । शुरुको अवस्थामा सही उपचार गरेमा मिर्गौला रोग निको हुनसक्छ । यसका साथै रोग बढ्ने क्रमलाई ढिला गर्न सकिन्छ ।
मधुमेह, उच्च रक्तचाप, पेनकिलर लगायत अत्यधिक औषधिको सेवन, अस्वस्थकर जीवनशैली र खानपानका कारण विफल हुन लागेको मिर्गौलाको लक्षण नदेखिन पनि सक्छ । हरेक देशमा १० प्रतिशतलाई मिर्गौला रोग लाग्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ । रोगले कसैलाई पनि छाड्दैन । हाम्रो देश नेपालमा प्रत्येक वर्ष ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको अनुमान छ । ३० हजार ब्यक्तिको क्रमश मिर्गौला बिग्रिरहेको छ ।
हरेक वर्ष ३ हजारका लागि डायलाइसिस र प्रत्यारोपणको जरुरुत पर्छ । त्यसैले कसलाई मिर्गौला रोग लागेको छ भन्ने एकिन गर्न परीक्षण नगरी भन्न सकिदैन । अन्यथा डायलाइसिस, प्रत्यारोपण र मृत्युको विकल्प छैन । त्यसैले वर्षमा एकपटक मिर्गौला जाँच गराउनुपर्छ । लक्षण देखिँदासम्म ढिलो भई समस्या अन्तिम अवस्थामा पुगिसकेको हुन्छ ।
कसले जाँच्ने ?
- ३० वर्ष उमेर नाघिसकेका व्यक्ति
- उचाइको आधारमा शारीरिक तौल धेरै भएका व्यक्ति
- उच्च रक्तचाप भएका व्यक्ति
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
