पुरुषहरुमा हुने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा पर्छ । महिलाहरुमा यो क्यान्सर तेस्रो स्थानमा आउने भएपनि फोक्सोको क्यान्सर अलि जटिल छ ।
धुम्रपान तथा सूर्तिजन्य वस्तुको सेवनका कारण ७५ प्रतिशत फोक्सोको क्यान्सर हुने गरेको पाइन्छ । धुम्रपान मात्र नभई कहिलेकाँही धूलो धूवाँले पनि फोक्सोको क्यान्सर गराउन सक्छ ।
करिब २०–२५ प्रतिशतमा धुम्रपान नगरेपनि फोक्सोको क्यान्सर देखिनसक्छ ।
फोक्सोको क्यान्सर वंशाणुगत रुपमा परिवारबाट आउँछ । अतः एक तिहाई क्यान्सर जीवनशैली परिवर्तन गरेर नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ । २ तिहाई क्यान्सर जीवनको नियति नै हुन्छ । कुन वेला लाग्छ भन्न सकिँदैन ।
सुर्ति तथा सुर्तिजन्य पदार्थमा हुने ४–५ हजार रसायनमध्ये ५५ वटा कार्सिनोजेनिक रसायन अर्थात क्यान्सर गराउने किसिमका हुन्छन् । निकोटिन क्यान्सर गराउने चिज नभई खाली अम्मल गर्ने चिज मात्र हो । यद्यपी त्यसभित्र रहेका ५५ वटा क्यान्सर गराउने खालका रसायन शरीरभित्र प्रवेश गरेपछि यसले सेल (कोष) लाई आक्रमण गर्छ । एन्टी अक्सिडेन्टलाई छेडेर सेलको मेकानिजमलाई बारम्बार हमला गरेर डिएनएलाई नै म्युटेसन गराउँछ । त्यसपछि क्यान्सर शुरु हुन्छ ।
उपचार
फोक्सोको क्यान्सरमा पहिलो र दोस्रो चरणमा शल्यक्रिया गर्न सकिने भएपनि नेपालको सन्दर्भमा १ प्रतिशत पनि शल्यक्रिया गर्ने स्थितिमा आउँदैनन् । प्रायः तेस्रो र चौथो स्टेजमा आइपुग्ने कारण नेपालमा १–२ प्रतिशत पनि फोक्सोको शल्यक्रिया हुँदैन । । यो अवस्थामा क्यान्सर शरीरका विभिन्न ठाउँमा फैलिसकेको हुन्छ ।
शल्यक्रिया गर्न नसकिने अवस्थामा रेडियो थेरापी र किमोथेरापीको विकल्प छैन । स्टेज फोरमा पुगिसकेपछि किमोथेरापी, टार्गेटेड थेरापी, इम्यूनोथेरापी दिनुपर्छ । अधिकांश मानिस थर्ड वा फोर्थ स्टेजमा आउने भएकाले धेरैजसोलाई किमोथेरापी दिनुपर्छ ।
एडिनो कार्सिनोमा, स्क्वामसिल कार्सिनोमा, लार्ज सेल कार्सिनोमा, स्मलसेल कार्सिनोमा लगायत ४–५ वटा मुख्य क्यान्सरमध्ये अहिले धेरै देखिएको एडिनोकार्सिनोमा हो । करिब ५५ देखि ६० प्रतिशत एडिनोकार्सिनोमा हुने गरेको पाइन्छ । यसमध्ये २० देखि ३० प्रतिशत मानिसलाई ईजीएफआर पोजेटिभ हुन्छ ।
यसरी एडिनोकार्सिनोमाअन्तर्गत इजिएफआर पोजेटिभ भएका ब्यक्तिहरुले घरमा बसेर ट्याब्लेट औषधि खाएर क्यान्सरको उपचार गर्न सक्छन् ।
शुरुका दिनहरुमा एक महिनाका लागि एक लाख पर्ने यस प्रकारका क्यान्सरका ट्याब्लेट औषधि अहिले ८ देखि १० हजारमा उपलब्ध हुन्छ । यो ट्याब्लेटले फोक्सोको क्यान्सर रोग घटाउन मद्धत गर्छ । यो औषधिले क्यान्सर निको त हुँदैन तर ३ देखि ६ बर्षसम्म बचाउन पक्कै सकिन्छ ।
कस्तो खालको क्यान्सर हो भन्ने पत्ता लगाउन परीक्षणका लागि नमुना टेष्ट भारत लगायतका तेस्रो मुलुकमा पठाउनुपर्छ । यसको रिपोर्ट आृउन एक हप्ता जति लाग्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

