हाम्रो देश नेपालमा पछिल्ला वर्षहरुमा अस्पतालमा मिर्गौला रोगीहरु बढेको पाइन्छ । यसमा अस्वस्थ्यकर जीवनशैली, तनाव, मधुमेह र उच्च रक्तचाप, मोटोपना आदि कारण मानिएको छ । यस किसिमको समस्या नेपाल, भारत, पाकिस्तान, चीनलगायतका देशमा धेरै देखिएको छ । यी देशहरुमा आगामी सन् २०२५ सम्म मधुमेह इपिडेमिक समस्याको रुपमा देखिनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । विकसित मुलुकहरुमा ५०—६० वर्षपछि देखिने मधुमेहको समस्या विकासशील र विकासोन्मुख देशहरुमा कम उमेरमा नै देखिने गरेको छ ।
कुनै रोग महिलामा धेरै हुन्छ भने कुनै पुरुषमा । मिर्गौला रोग महिला र पुरुष दुवैमा देखिनसक्छ । उच्च रक्तचाप र मधुमेहले पुरुषहरुमा चाँडै मिर्गौला खराब हुनसक्छ भने एसएलई, गर्भावस्था, प्रिक्ल्याम्सिया आदिले महिलाहरुको मिर्गौला खराब गराउन भूमिका खेलिरहेको हुन्छ । विभिन्न कारणबाट खराब भएको मिर्गौलाका बिरामीले डायलाईसिस गराउनुपर्छ । डाइलाईसिससँगै मिर्गौला प्रत्यारोपण गराउन जरुरी हुन्छ । अहिले नेपालमा मिर्गौला र कलेजोको प्रत्यारोपण भइरहेको छ । यस किसिमको प्रत्यारोपणमा सर्जन र मिर्गौला रोग विशेषज्ञको महत्वपूर्ण भूमिका रहन्छ । यसरी सर्जनले जडान गरेको मिर्गौला प्रत्यारोपण विशेषज्ञले शरीरमा लिनसक्ने उपयुक्त वातावरण बनाउँछ ताकि जडान गरिएको मिर्गौला शरीरले तुरुन्त नफालोस् ।
सन् २००८ अगष्ट ८ तारेकमा त्रि.वि. शिक्षण अस्पतालमा शुरु भएको मिर्गौला प्रत्यारोपण सेवाबाट अहिलेसम्म ४८० जना लाभान्वित भएका छन् । अब नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पनि अंगदान गर्न सकिने कानुनी प्रावधान भएकाले उनीहरुबाट अंगदान लिन सकेको अवस्थामा धेरै व्यक्ति लाभान्वित हुने देखिन्छ । यस किसिमको सेवा भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिइरहेको छ । यसरी मस्तिष्क मृत्युबाट प्राप्त भएको दुईवटा मिर्गौला २ जनामा सफल प्रत्यारोपण भइसकेको छ । अबका दिनमा त्रि.बि. शिक्षण अस्पताल, बीर अस्पतालमा पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्नसक्ने व्यवस्था सृजना गर्न जरुरी ठान्छु ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
