हाम्रो समाजमा क्यान्सरका बिरामीहरु बढेसँगै औषधिहरु पनि सजिलै उपलब्ध हुन थालेका छन् । विगत ३० वर्षको तुलनामा अहिले औषधि उभोगमा निकै सहज भएको छ । क्यान्सरका बिरामीले विश्व बजारमा आएका गुणस्तरीय नयाँ औषधिहरु सुपथ मुल्यमा प्राप्त गर्न सफल भएका छन् ।
औषधिको कोर्ष
क्यान्सरमा प्रयोग हुने औषधि सस्तो र महँगो दुवै प्रकारका हुन्छन् । महँगो औषधि चलाउन सक्ने बिरामीको सामथ्र्य भएनभएको ख्याल गर्नुपर्छ । तर चिकित्सकको राय र सल्लाह अनुसार क्यान्सर औषधिको पूरा कोर्ष अवश्य लगाउनुपर्छ ।
कठिन आयात
नेपाल सानो देश भएको र थोरै औषधि खपत हुने कारण कतिपय विदेशी कम्पनिहरुले क्यान्सरका औषधि पठाउन अलि गाह«ो मान्छन् । क्यान्सरका सबै औषधि ल्याउन सजिलो हुँदैन, विभिन्न जुक्ति र बुद्धि लगाएर ल्याउनुपर्छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिभी भ्याक्सिन लगाउनुपर्छ । यसबाट पाठेघरको मुखको क्यान्सर विस्तारै न्यूनिकरण गर्न सकिन्छ । तर नेपालमा यस प्रकारको भ्याक्सिन उपलब्ध छैन । नेपालमा खपत थोरै हुने भएका कारण कम्पनिले थोरै डोज दिन गाह«ो मानिरहेको छ । हामीले एक पटकमा ५ हजार डोज मगाएका थियौं । तर कम्पनिले एकपटकमा न्यूनतम ३२ हजार डोज उठाउनुपर्ने बताएको छ । बेल्जियमबाट ल्याउनुपर्ने यस प्रकारको भ्याक्सिन उपलब्ध गराउन लागिरहेका छौं ।
सचेतना
नेपालमा क्यान्सरका औषधि खाने बिरामीको एकिन तथ्यांक भन्न सक्ने अवस्था छैन । तर सबैले क्यान्सर प्रति सचेत हुनुपर्छ । वंशाणुगत आउनसक्ने क्यान्सरको जीन परीक्षण गराएर एकिन गर्न सकिन्छ । यसका लागि क्यान्सर रोगबिरुद्धको जनचेतनालाई व्यापक रुपमा अघि बढाउनुपर्छ ।
औषधि मुल्य
क्यान्सरका औषधिको मूल्य हाइ इन्ड र लो इन्ड भन्ने हुन्छ । लो इन्डका औषधि चार हजार रुपियाँदेखि शुरु हुन्छ । पहिला पहिला लो इन्डको औषधि चलाउँदै हाइ इन्डमा बढाउँदै जाने भन्ने मान्यता थियो । अहिले हाइ इन्ड चलाएर पछि मेन्टेन गर्न लो इन्ड औषधि चलाउने भन्ने छ । क्यान्सरमा हाइ इन्डको औषधि एक पटक प्रयोग गर्दा ४–५ लाख रुपियाँसम्म मूल्य पर्छ ।
हेल्थ इन्स्योरेन्स
सरकारले क्यान्सरका बिरामीलाई प्रत्येक महिना ५ हजार रुपियाँ भत्ता दिने निर्णय गरेको छ । तर यो उनीहरुका लागि प्रयाप्त हुन सक्दैन । क्यान्सर उपचारलालाई समेट्नेगरी हेल्थ इन्स्योरेन्सको योजना ल्याएको अवस्थामा जटिल प्रकारका क्यान्सर उपचारमा लाग्ने खर्च मेन्टेन गर्न सकिन्छ ।
इन्स्योरेन्सको व्यवस्था भएमा सरकारलाई आर्थिक भार पर्दैन । क्यान्सर उपचार प्याकेजमा ५ देखि १० लाख रुपियाँसम्म भएमा धेरैको उपचार हुनसक्छ । अहिले लो इन्डको औषधि चलाउनुपर्ने अवस्थाका विरामीलाई एक लाख रुपियाँले पनि भ्याइरहेको छ ।
अपेक्षा
सरकारले क्यान्सरको औषधि आयातमा लाग्ने ५ प्रतिशत भन्सार शुल्क छुट गरेमा बिरामीलाई राहत हुनसक्छ । सरकारबाट पहल भएमा नेपाल जस्तो कम विकसित मुलुकमा सस्तो मुल्यमा क्यान्सरका औषधि ल्याउन सकिन्छ ।
स्क्रिनिङको महत्व
समयमा स्क्रिनिङ नगरेका कारण जाने बुझेका व्यक्तिहरु पनि अन्तिम अवस्थामा क्यान्सरको समस्या लिएर आउने गरेका छन् । त्यसैले क्यान्सरको भरपर्दो उपचारका लागि सबभन्दा पहिला स्क्रिनिङको भूमिका महत्वपूर्ण हुन्छ । यसबाट भविष्यमा हुनसक्ने क्यान्सर न्यूनिकरण गर्न सकिन्छ । सरकारले निशुल्क क्यान्सर स्क्रिनिङ गर्ने अभियान शुरु गरेमा धेरै क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सकिन्छ ।
हाम्रो प्रतिवद्धता
सरकारले सहुलियत दिएमा सस्तो मुल्यमा क्यान्सरका औषधि उपलब्ध गराउन सकिन्छ । सरकारले सहुलियत दिएमा नेपालमा खपत हुने ९५ प्रतिशत क्यान्सरका औषधि उपलब्ध गराउन सक्छौं ।
कोल्ड चेन मेन्टेन
झोले व्यापारीहरुले भन्सार छलेर ल्याउने औषधि सस्तो मुल्यमा पाइयो भनेर ंदंग नपर्नुहोला । यस्ता औषधि प्रभावहिन हुन्छन् । उनीहरुले कोल्ड चेन मेन्टेन नगर्ने कारण औषधिले काम गर्दैन । बिरामीलाई आर्थिक भार थपिन्छ ।
गुणस्तरीय र असरदार औषधिका लागि कोल्ड चेन मेन्टेन गर्न अनिवार्य हुन्छ । यसबाट विरामीहरुलाई आर्थिक भारबाट जोगाउन सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

