विश्व क्यान्सर दिवस सन २०१६ देखि २०१८ सम्म ‘म सक्छु र हामी सक्छौ’ भन्ने नाराको सार्थकताका लागि व्यक्ति र समूह सवै जागरुक हुन जरुरी छ ।
क्यान्सरबारे पत्रकारिताबाट जनचेतना जगाउन सकेको अवस्थामा क्यान्सर न्यूनिकरणमा ठूलो टेवा पुग्छ । त्यसैले क्यान्सर रोकथामका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।
बर्षमा ६० हजार नेपालीलाई क्यान्सर हुने अनुमानित तथ्यांक छ । जनसंख्यामा आधारित क्यान्सर रोगीहरुको तथ्यांक संकलन गर्न स्वास्थ्य मन्त्रालय अन्र्तगत विश्वस्वास्थ्य संगठनको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भर्खर मात्र काम शुरु गरेको छ । यसबाट नेपालमा क्यान्सर रोगको यथार्थ तथ्यांक आउने छ ।
शरीरमा अनावश्यक कोषहरुको बृद्धि नै क्यान्सर हो । यस प्रकारको अनावश्यक कोष बृद्धिमा हामीले दैनिक खाने खाद्यान्नको पनि प्रभाव पर्दछ । क्यान्सर गराउन मद्धत गर्ने खाद्यान्नहरुको उत्पादन र उपभोगमा बन्देज गराउन सकेको अवस्थामा क्यान्सर न्यूनिकरणमा मद्धत पुग्छ । बिषादीयुक्त तरकारीको उत्पादन र उपभोगको बदला अर्गानिक खाद्यान्न तर्फ आकर्षित हुन सकेको अवस्थामा क्यान्सर न्यूनिकरण गर्न मद्धत पुग्छ ।
यसलाई अभियानका रुपमा लैजानुपर्छ । जनचेतना देशभर पु¥याउनुपर्छ । निजी क्षेत्रबाट सरकारी दरमा क्यान्सर सेवा उपलब्ध गराउन सरकारले सहयोग गर्नुपर्छ । नेपालीहरुको सरदर आयु कम छ । जनरल हेल्थ चेक अप गर्ने बानीको विकास भएको छैन ।
क्यान्सर परीक्षण गर्ने बानीको विकास गरेमा क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ । समयमा थाहा भएमा क्यान्सर निको हुन्छ । खर्च पनि धेरै लाग्दैन । भविष्यमा हुन सक्ने खतरालाई सामान्य उपचारले ठीक पार्न सकिन्छ ।
क्यान्सर पहिचानका लागि दैनिक थोरै रुपियाँको वचतले ठूलो काम गर्छ । हामीले पुरुषका लागि दैनिक १० रुपैयाँ र महिलाहरुका लागि १४ रुपियाँ बचत गरेमा बर्षमा क्यान्सर पहिचान गर्न सकिन्छ । यसबाट जीवन सुरक्षित हुन्छ । यो बचतले जनरल हेल्थ चेकअप गर्न सकिन्छ । शंका लागेमा स्पेसिफिक परीक्षण गरेर क्यान्सर एकिन गर्न सकिन्छ । हामी सबै मिलेर काम गर्न सकेको अवस्थामा मुलुकमा बढ्दो क्यान्सर समस्या न्यूनिकरण गर्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

