डाक्टर प्रकाश राज न्यौपाने सिनियर कन्सल्टेन्ट क्यान्सर सर्जन हुनुहुन्छ । हाल उहाँ बी.पी.कोइराला मेमोरियल क्यान्सर हस्पिटलको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । नेपाल सरकारको स्वास्थ्य सेवामा प्रवेश गरेपछि क्यान्सरमा सेवा विस्तार गर्नुपर्छ भनेर डा. न्यौपानेलाई सरकारले क्यान्सरसम्बन्धि थप अध्ययनका लागि पठाएको थियो । उहाँले क्यान्सरमा पिएचडीसमेत गर्नुभएको छ ।
डा. न्यौपाने बी.पी. कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुरको पहिलो सिनियर कन्सल्यान्ट क्यान्सर सर्जन हुनुहुन्छ । डा. न्यौपानेले भक्तपुर क्यान्सर हस्पिटलमा पनि दुई कार्यकाल मेडिकल डाइरेक्टर भएर पनि काम गरिसक्नुभएको छ ।
डा.न्यौपाने विगतदेखि नै आवश्यकता पर्दा हप्तामा सातै दिन शल्यक्रिया र ओपिडी सेवामा व्यस्त हुनुहुन्छ । उहाँले बीर हस्पिटल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन हस्पिटलमा पनि काम गर्नुभएको थियो ।
बी.पी.कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा नेपालका ६० प्रतिशत क्यान्सर विरामीको उपचार हुन्छ ।
करिब ३२ वर्ष चिकित्सा सेवा गर्नुभएका डा. न्यौपानेले करिव १ लाखको क्यान्सर शल्यक्रिया र १० लाख भन्दा बढीलाई बहिरंग सेवा दिएको बताउनुहुन्छ । साथै थुप्रै सर्जनहरुलाई आफ्नो जस्तो ज्ञान र सीप सिकाइसक्नुभएको छ ।
सेवामा समर्पित
केही पाउने भन्दा पनि बिरामीलाई कसरी गुणस्तरीय सेवा दिने भन्नेमा नै डाक्टर न्यौपानेका सम्पूर्ण दिनहरु बितिरहेका हुन्छन् । उहाँ भन्नुहुन्छ—बिरामीको ओठमा हाँसो ल्याउने मेरो एक मात्र प्रयत्न हो ।
डाक्टरको भावना
डाक्टरमा दयाको भावना हुनुपर्छ । रोग कसरी ठीक पार्न सकिन्छ ? भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । डा. न्यौपाने भन्नुहुन्छ—‘बिरामी भनेको आफ्नै बुबाआमा छोराछोरी हो भन्ने भावना आउनुपर्छ । सिमित साधन श्रोतबाट काम गर्ने खुवी हुनुपर्छ । यसका लागि आधारभूत चिकित्सा ज्ञान, सीप र एथेष्ट सक्दो अनुभव बटुलेको हुनुपर्छ । बिरामीलाई कुन बेला अन्यत्र रिफर गर्ने र कुन वेला नगर्ने भन्ने निक्र्योल गर्न सक्नुपर्छ । अनि मात्र बिरामीले सुलभ, छिटो र स्तरीय उपचार पाउँछन् ।
अध्ययन र अपडेट
हाम्रो चिकित्सा पेशामा नयाँ नयाँ प्रविधिको विकास र अनुसन्धान भइरहेका हुन्छन् । यस कारण विगतमा गरिएका अभ्यासहरु गलत पनि हुन सक्छन् । क्यान्सर भनेको विज्ञान, तथ्य र अभ्यासमा आधारित विधा हो । यसमा अपडेट भइरहनुपर्छ । अनिमात्र बिरामीले राम्रो उपचार सेवा प्राप्त गर्न सक्छन् ।
उत्कृष्ठताको उपज
सल्यानमा जन्मिएका डा. न्यौपानेको स्कुले अध्ययन दाङमा भएको थियो । उँहाले अमृत साइन्स क्याम्पसमा आइएस्सी गरेपछि उत्कृष्ठ छनौटको आधारमा नेपाल सरकार शिक्षा मन्त्रालयको चिकित्सा कोटामा सरकाले चीनमा पठायो । त्यसपछि एमबिबिएस, एमएस र अन्तिममा क्यान्सरमा पिएचडी गर्नसमेत सफल हुनुभयो ।
योजना
बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा सुविधा बढाउन तिर अब डाक्टर न्यौपानेको ध्यान केन्द्रित भएको छ । यसलाई एक हजार वेडमा पु¥याउने लक्ष्यका साथ यसवर्ष चैत्र महिनाभित्र ४०० वेड शुरु हुँदैछ । उहाँले एक वर्षभित्रमा अत्याधुनिक मेसिनसहित क्यान्सर इन्स्टिच्यूट बनाउने योजना अघि सार्नुभएको छ । उहाँ भन्नुहुन्छ—यसबाट क्यान्सरका विरामी बाहिर जानु पर्दैन । संख्यात्मक र गुणात्मक दुवै तरिकाले सेवा दिन सकिन्छ । सकेसम्म सरकारले हाल उपलब्ध गराएको पैसामा नै सर्जरी, रेडियोथेरापी र किमोथेरापी आदि पुग्ने व्यवस्था भएमा बिरामीले पारिवारिक, आर्थिक बोझ बिना नै क्यान्सरको स्तरीय उपचार पाउन सक्ने उहाँको मान्यता छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

