मिर्गौला विफल भएको बिरामी अस्पताल छिरेपछि ट्रान्सप्लान्टसम्बन्धि सम्पूर्ण परामर्श, डकुमेन्ट मिलाउनेदेखि ट्रान्सप्लान्ट गरिसकेपछि फलोअपमा आउने बिरामीको इन्फर्मेसनसमेत राख्नुपर्छ । नेपालमा ट्रान्सप्लान्ट को—अर्डिनेटरको अवधारणा नयाँ छ भएकाले वकालत गर्नसक्ने जोकोही व्यक्ति ट्रान्सप्लान्ट को—अर्डिनेटर हुनसक्छ । तर स्वास्थ्य क्षेत्रको मान्छेलाई यस प्रकारको सेवा प्रदान गर्न सहज हुन्छ ।
यसरी ट्रान्सप्लान्ट को—अर्डिनेटरको रुपमा काम गर्दा धेरै चुनौतिहरु सामना गर्नुपर्छ । नाताभित्रका व्यक्तिले मात्र अंगदान गर्नसक्ने नेपालको कानुनी प्रावधान भएकाले नक्कली नाता प्रमाणित गराएर मिर्गौला दान दिन व्यक्तिहरु आउनसक्ने सम्भावना रहन्छ । यसका साथै अंगदान गर्दा कुनै समस्या आउनसक्ने डरका कारण कतिपय अंगदाता अंगदान गर्न हच्चिएका धेरै उदाहरण भेटिन्छन् ।
त्यसैले अंगदातालाई बुझाउन निकै संघर्ष गर्नुपर्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारलाई विश्वस्त गराउन कठिन पर्छ । कतिपयले नबुझेर अस्वीकार गरिदिन्छन् । त्यसैले मस्तिष्क मृत्युबाट अंगदान गर्दा हुने फाइदाबारे समाजमा व्यापक जनचेतना अभिवृद्धि गर्न जरुरी छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
