एक सय क्यान्सर बिरामीमा १ जनामा हड्डीको क्यान्सर (बोन क्यान्सर) हुने अध्ययनले देखाएको छ । यो हड्डीमा मात्र देखिन सक्छ । यसका साथै शरीरका अन्य भागमा रहेको क्यान्सर फैलिएर हड्डीमा पनि पुग्नसक्छ । हड्डीमा मात्र देखिने क्यान्सर युवावस्थाका व्यक्तिलाई धेरै हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले हड्डी तथा मासुमा लाग्ने क्यान्सर ५० थरीका हुने बताएको छ ।
बोन क्यान्सर (हड्डीको क्यान्सर) को सबैभन्दा सामान्य लक्षण हड्डी दुःख्नु हो । धेरैजसो बोन क्यान्सरको अन्य लक्षण समयसँगै गम्भीर बन्दै जान्छ । शुरुमा काम गर्दा वा राति हड्डी धेरै दुःखेको महसुस हुन्छ । यो बढ्दै जाँदा यसका अन्य लक्षणहरु देखिन्छन् जस्तो—ज्वरो आउने, तौल कम हुने, भोक नलाग्ने वा रातिको समयमा पसिना आउने । कहिलेकाँही ट्यूमरमा गिर्खा हुने संभावना पनि हुन्छ ।
बोन क्यान्सरको प्रकार
प्राइमरी बोन क्यान्सर
यो हड्डीदेखि शुरु भएर बिस्तारै शरीरभर फैलन्छ । यसको कोशिकाले सबैभन्दा पहिला हड्डीलाई आक्रमण गर्छ । यदि ठीक समयमा बोन क्यान्सरको उपचार नभएमा यसले पूरै शरीरलाई प्रभावित बनाउँछ र मृत्यूको जोखिम बढाउँछ । यसले हरेक वर्ष करिब २० लाख जनसंख्यालाई प्रभावित गरिरहेको पाइन्छ ।
सेकेन्डरी बोन क्यान्सर
यसमा पीडित कोशिकाले स्वस्थ कोशिकालाई नष्ट गर्दै बिस्तारै शरीरभर फैलन्छ । यो क्यान्सर शरीरको कुनै एक भागमा फैलिन शुरु हुन्छ । साधारणतया यो क्यान्सर फोक्सो, ब्रेष्ट वा प्रोस्टेट क्यान्सरबाट पीडित भएकाहरुलाई बढी हुने संभावना हुन्छ । यसमा हड्डी कमजोर हुन्छ र पटपटक हड्डी भाँचिरहन्छ । यस्तो बेला बिरामीले धेरै मात्रामा क्याल्सियम खानुपर्छ । यस्तोबेला बिरामीलाई धेरै दुःख्छ र खासगरी कम्मरमा समस्या रहन्छ । यो क्यान्सर शरीरमा क्याल्सियमको कमीले पनि हुनसक्छ ।
अस्टियो सार्कोमा
बोन क्यान्सरमा यो धेरैलाई हुने समस्या हो । यो क्यान्सर घुँडा, कुहिनु, काँधको वरपरको भागमा हुनसक्छ । बोन क्यान्सरको यो रुप धेरै युवाहरुमा देखिने गर्छ । कहिलेकाँही बच्चामा पनि देखिनसक्छ । यो क्यान्सर महिलाको तुलनामा पुरुषमा धेरै हुने गरेको पाइएको छ ।
कन्ड्रो सार्कोमा
बोन क्यान्सरको प्रकारमध्ये कन्ड्रो सार्कोमा सबैभन्दा धेरै ४० देखि ७० वर्षको उमेरका मानिसहरुलाई हुने गरेको छ । यो क्यान्सर पनि कुहिनो र काँधको वरपर धेरै हुन्छ । बोन क्यान्सरको यो सामान्य प्रकार हो । यो क्यान्सर हड्डीबाट शुरु भएर शरीरका अन्य भागमा फैलँदै जान्छ । यो क्यान्सरमा सबैभन्दा धेरै दर्द जोर्नीमा हुन्छ ।
इविंग सार्कोमा
यो क्यान्सर कम उमेरका मानिसमा हुने गर्छ । यो ५ देखि २० वर्ष उमेर समूहका व्यक्तिलाई धेरै हुने गरेको पाइएको छ । यो क्यान्सर साधारणतया हात गोडा, पाखुरा आदि ठाउँबाट शुरु हुन्छ ।
हड्डीको क्यान्सरको लक्षण
हड्डी दुःख्नु
बोन क्यान्सरमा हड्डी दुख्ने समस्या हुन्छ । धेरैजसो बोन क्यान्सर शरीरको लामो हड्डीमा हुन्छ । जस्तो—हात, खुट्टाको हाड आदि । त्यसैले शरीरको यी भागमा धेरै दुःख्ने संभावना हुन्छ । कुनै पनि ट्यूमर क्यान्सर हुनसक्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ
सुन्निने वा मासु नरम हुने
कहिलेकाँही हड्डीको क्यान्सरमा ट्यूमरको वरपर दुःख्ने वा सुन्निन्छ र त्यो ठाउँ नरम हुन्छ । यदि तपाईंलाई दुःख्नेलगायतका समस्या भएमा तुरुन्त चिकित्सकलाई देखाउनुहोला ।
हड्डी भाँचिने
हड्डीको क्यान्सर हुँदा हड्डी कमजोर हुने भएकाले थोरै चोटपटक लाग्दा पनि हड्डी भाँचिन सक्छ । पटक पटक यस किसिमको समस्या भएमा बोन क्यान्सरको लक्षण हुनसक्छ ।
तौल कम हुने
अचानक बिना कुनै प्रयास तौल कम हुनु साधारण कुरा होइन । यसलाई गम्भीर रुपमा लिनुपर्छ । बोन क्यान्सर हुँदा ट्यूमर बढ्नुका साथै यस्तो समस्या हुनसक्छ ।
जोर्नीको समस्या
यदि तपाईंलाई हात वा खुट्टा हल्लाउन वा दायाँबायाँ मोड्न समस्या भइरहेमा बोन क्यान्सरको लक्षण हुनसक्छ । क्यान्सरको सेल बढ्दै गर्दा यस किसिमको समस्या देखिन थाल्छ र पछि यो गम्भीर बन्दै जान्छ ।
हड्डीको क्षति
३५ वर्षको उमेरमा पुरानो हड्डी भाँचिनु वा खुस्किनु र नयाँ हड्डीको निर्माण एक सामान्य क्रिया हो । तर हड्डी छिटो छिटो भाँचिन्छ भने यो अस्टियोपोरोसिस क्यान्सरको लक्षण हुनसक्छ ।
अन्य लक्षण
- राति पसिना आउने
- भोक नलाग्ने

- बाकवाक लाग्ने
- रगत कमी हुने
- रिंगटा लाग्ने
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

