एक सय क्यान्सर बिरामीमा १ जनामा हड्डीको क्यान्सर (बोन क्यान्सर) हुने अध्ययनले देखाएको छ । यो हड्डीमा मात्र देखिन सक्छ । यसका साथै शरीरका अन्य भागमा रहेको क्यान्सर फैलिएर हड्डीमा पनि पुग्नसक्छ । हड्डीमा मात्र देखिने क्यान्सर युवावस्थाका व्यक्तिलाई धेरै हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले हड्डी तथा मासुमा लाग्ने क्यान्सर ५० थरीका हुने बताएको छ ।
बोन क्यान्सर (हड्डीको क्यान्सर) को सबैभन्दा सामान्य लक्षण हड्डी दुःख्नु हो । धेरैजसो बोन क्यान्सरको अन्य लक्षण समयसँगै गम्भीर बन्दै जान्छ । शुरुमा काम गर्दा वा राति हड्डी धेरै दुःखेको महसुस हुन्छ । यो बढ्दै जाँदा यसका अन्य लक्षणहरु देखिन्छन् जस्तो—ज्वरो आउने, तौल कम हुने, भोक नलाग्ने वा रातिको समयमा पसिना आउने । कहिलेकाँही ट्यूमरमा गिर्खा हुने संभावना पनि हुन्छ ।
बोन क्यान्सरको प्रकार
प्राइमरी बोन क्यान्सर
यो हड्डीदेखि शुरु भएर बिस्तारै शरीरभर फैलन्छ । यसको कोशिकाले सबैभन्दा पहिला हड्डीलाई आक्रमण गर्छ । यदि ठीक समयमा बोन क्यान्सरको उपचार नभएमा यसले पूरै शरीरलाई प्रभावित बनाउँछ र मृत्यूको जोखिम बढाउँछ । यसले हरेक वर्ष करिब २० लाख जनसंख्यालाई प्रभावित गरिरहेको पाइन्छ ।
सेकेन्डरी बोन क्यान्सर
यसमा पीडित कोशिकाले स्वस्थ कोशिकालाई नष्ट गर्दै बिस्तारै शरीरभर फैलन्छ । यो क्यान्सर शरीरको कुनै एक भागमा फैलिन शुरु हुन्छ । साधारणतया यो क्यान्सर फोक्सो, ब्रेष्ट वा प्रोस्टेट क्यान्सरबाट पीडित भएकाहरुलाई बढी हुने संभावना हुन्छ । यसमा हड्डी कमजोर हुन्छ र पटपटक हड्डी भाँचिरहन्छ । यस्तो बेला बिरामीले धेरै मात्रामा क्याल्सियम खानुपर्छ । यस्तोबेला बिरामीलाई धेरै दुःख्छ र खासगरी कम्मरमा समस्या रहन्छ । यो क्यान्सर शरीरमा क्याल्सियमको कमीले पनि हुनसक्छ ।
अस्टियो सार्कोमा
बोन क्यान्सरमा यो धेरैलाई हुने समस्या हो । यो क्यान्सर घुँडा, कुहिनु, काँधको वरपरको भागमा हुनसक्छ । बोन क्यान्सरको यो रुप धेरै युवाहरुमा देखिने गर्छ । कहिलेकाँही बच्चामा पनि देखिनसक्छ । यो क्यान्सर महिलाको तुलनामा पुरुषमा धेरै हुने गरेको पाइएको छ ।
कन्ड्रो सार्कोमा
बोन क्यान्सरको प्रकारमध्ये कन्ड्रो सार्कोमा सबैभन्दा धेरै ४० देखि ७० वर्षको उमेरका मानिसहरुलाई हुने गरेको छ । यो क्यान्सर पनि कुहिनो र काँधको वरपर धेरै हुन्छ । बोन क्यान्सरको यो सामान्य प्रकार हो । यो क्यान्सर हड्डीबाट शुरु भएर शरीरका अन्य भागमा फैलँदै जान्छ । यो क्यान्सरमा सबैभन्दा धेरै दर्द जोर्नीमा हुन्छ ।
इविंग सार्कोमा
यो क्यान्सर कम उमेरका मानिसमा हुने गर्छ । यो ५ देखि २० वर्ष उमेर समूहका व्यक्तिलाई धेरै हुने गरेको पाइएको छ । यो क्यान्सर साधारणतया हात गोडा, पाखुरा आदि ठाउँबाट शुरु हुन्छ ।
हड्डीको क्यान्सरको लक्षण
हड्डी दुःख्नु
बोन क्यान्सरमा हड्डी दुख्ने समस्या हुन्छ । धेरैजसो बोन क्यान्सर शरीरको लामो हड्डीमा हुन्छ । जस्तो—हात, खुट्टाको हाड आदि । त्यसैले शरीरको यी भागमा धेरै दुःख्ने संभावना हुन्छ । कुनै पनि ट्यूमर क्यान्सर हुनसक्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ
सुन्निने वा मासु नरम हुने
कहिलेकाँही हड्डीको क्यान्सरमा ट्यूमरको वरपर दुःख्ने वा सुन्निन्छ र त्यो ठाउँ नरम हुन्छ । यदि तपाईंलाई दुःख्नेलगायतका समस्या भएमा तुरुन्त चिकित्सकलाई देखाउनुहोला ।
हड्डी भाँचिने
हड्डीको क्यान्सर हुँदा हड्डी कमजोर हुने भएकाले थोरै चोटपटक लाग्दा पनि हड्डी भाँचिन सक्छ । पटक पटक यस किसिमको समस्या भएमा बोन क्यान्सरको लक्षण हुनसक्छ ।
तौल कम हुने
अचानक बिना कुनै प्रयास तौल कम हुनु साधारण कुरा होइन । यसलाई गम्भीर रुपमा लिनुपर्छ । बोन क्यान्सर हुँदा ट्यूमर बढ्नुका साथै यस्तो समस्या हुनसक्छ ।
जोर्नीको समस्या
यदि तपाईंलाई हात वा खुट्टा हल्लाउन वा दायाँबायाँ मोड्न समस्या भइरहेमा बोन क्यान्सरको लक्षण हुनसक्छ । क्यान्सरको सेल बढ्दै गर्दा यस किसिमको समस्या देखिन थाल्छ र पछि यो गम्भीर बन्दै जान्छ ।
हड्डीको क्षति
३५ वर्षको उमेरमा पुरानो हड्डी भाँचिनु वा खुस्किनु र नयाँ हड्डीको निर्माण एक सामान्य क्रिया हो । तर हड्डी छिटो छिटो भाँचिन्छ भने यो अस्टियोपोरोसिस क्यान्सरको लक्षण हुनसक्छ ।
अन्य लक्षण
- राति पसिना आउने
- भोक नलाग्ने

- बाकवाक लाग्ने
- रगत कमी हुने
- रिंगटा लाग्ने
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
महिलामा पुरुषभन्दा बढी पिसाबको सङ्क्रमण किन हुन्छ ?
मंगलबार, असोज ७, २०८२ट्रेन्डिङ
