शुरुवातमै क्यान्सरको लक्षण पहिचान गर्न सकेमा धेरै हदसम्म व्यक्तिलाई बचाउन सकिन्छ । क्यान्सरका धेरै प्रकार हुन्छन् । त्यसैले क्यान्सरका लक्षण पनि अलग अलग प्रकारका हुन्छन् । यहाँ संक्षेपमा केही प्रकारका क्यान्सरको लक्षण बारे जानकारी दिइएको छ ।
असामान्य रुपले तौल कम हुने
क्यान्सर भएका व्यक्तिको शारीरिक तौल असामान्य रुपमा कम हुनथाल्छ । क्यान्सर भएका बिरामीको तौल बिना व्यायाम वा बिना डायटिङ घट्न शुरु हुन्छ । बिना कुनै प्रयास यदि १० पाउण्डजति तौल एक्कासी कम भएमा क्यान्सरको प्राथमिक लक्षणको रुपमा देख्न सकिन्छ । प्याँक्रियाज वा फोक्सोको क्यान्सर हुँदा अक्सर यस्तो किसिमको लक्षण देखिन्छ ।
ज्वरो
क्यान्सरको एक सामान्य लक्षण ज्वरो पनि हो । आफ्नो मूल ठाउँ छोडेर शरीरका अन्य भागमा क्यान्सर फैलन लागेपछि वा फैलिसकेमा यस्तो लक्षण देखिन्छ । क्यान्सरले शरीरको रोग प्रतिरक्षा प्रणालीलाई प्रभावित पार्छ र अक्सर ज्वरो आइरहने गर्छ । ब्लड क्यान्सर, ल्यूकेमिया आदिमा यस किसिमको लक्षण देखिन्छ ।
थकान एवं कमजोरी
क्यान्सरमा बिना कारण व्यक्तिले थाकेको महसुस गर्छ । केही काम नगर्दा पनि थकान एवं कमजोरी महसुस हुन्छ । ओछ्यानमा आराम गरे पनि व्यक्तिले आफूमा हल्का महसुस गर्दैन । कहिलेकाँही त उसको हातगोडा फतक्क गल्छ र केही घण्टापछि पुनः सामान्य महसुस गर्छ । धेरै थकान भएमा क्यान्सर बढेको संकेत हुनसक्छ । ल्युकेमिया क्यान्सरमा बिरामीलाई थकान महसुस हुन्छ । कोलनको क्यान्सरमा पनि थकान धेरै हुन्छ । ब्रेन ट्युमरको बिरामीको पनि यही अवस्था हुन्छ । कहिलेकाँही यति थकान महसुस हुन्छ कि हात खुटट हल्लाउन पनि पहाड उठाएको जत्तिकै लाग्दछ ।
पीडा (दुःखाई)
हड्डीको क्यान्सर वा टेस्टिक्युलर क्यान्सरमा दुखाईको महसुस हुन्छ । ब्रेन ट्यूमरको बिरामीको टाउको दुःख्ने समस्या हुन्छ । यस्तो दुःखाई प्राथमिक उपचार वा औषधि सेवन गर्दा पनि ठीक नभएमा त्यसलाई ब्रेन ट्यूमरको लक्षण मान्न सकिन्छ । जुन बिरामीलाई कोलनको क्यान्सर हुन्छ वा मलद्धार या डिम्ब ग्रन्थीको क्यान्सर हुन्छ । यस्ता बिरामीको ढाडमा वा कम्मरमा असहनीय दुःखाई हुन्छ ।
छालामा परिवर्तन
छालामा असामान्य परिवर्तन हुनसक्छ । यदि कुनै व्यक्तिको छाला बिनाकारण कालो वा गोरो हुन लागेमा क्यान्सर भएको हुनसक्छ । छाला पहेँलो हुने पनि क्यान्सरको संकेत हुनसक्छ । छालाको रंग रातो वा चिलाउँदा पनि क्यान्सरको संकेत हुनसक्छ । महिलाको छालामा अत्यधिक रौं आएमा क्यान्सर हुनसक्छ ।
पेटको गडबडी
लामो समयसम्म कब्जियतको समस्या रहेमा वा लामो समयसम्म पखालाले सताएमा यो कोलोन वा पेटको क्यान्सरको संकेत हुनसक्छ । पिसाब फेर्दा यदि पीडा भएमा अथवा पिसाबमा रगत देखिएमा यो प्रोस्टेट क्यान्सर वा डिम्बग्रन्थी क्यान्सरको लक्षण हुनसक्छ ।
गाँठा
यदि कोही महिला आफ्नो स्तनमा कुनै किसिमको गाँठा महसुस गर्छन् भने यो स्तन क्यान्सरको लक्षण हुनसक्छ । स्तनमा देखिएको गाँठा नदुख्ने भएमा पनि क्यान्सरको संकेत हुनसक्छ । यदि कोही महिलालाई आफ्नो स्तन वा काखीमा असामान्य रुपले गाँठो वा मोटोपन महसुस हुन्छ भने चिकित्सकलाई देखाउनुपर्छ । मुन्टा (निप्पल) मा असामान्य परिवर्तन वा मुन्टोबाट तरल पदार्थ निस्किएमा पनि क्यान्सर हुने संकेत हुन्छ ।
केही प्रकारका क्यान्सरले उग्ररुप नलिएसम्म कुनै लक्षण देखिदैन । जस्तो—प्याँक्रियाजको क्यान्सर । यसमा जण्डिसजस्तो आँखाको रंग पहँेलो हुन्छ । यो बेलासम्म धेरै ढीला भइसकेको हुन्छ र उपचारमा निकै कठिनाइ पर्छ । त्यसैले सात्विक खाद्य पदार्थ खाएर यस प्रकारको क्यान्सरबाट केहीहदसम्म जोगिन सकिन्छ । क्यान्सरको लक्षणलाई देखेर नडराउने र सम्बन्धित चिकित्सकलाई देखाएर उचित उपचार लिनुपर्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ