
प्रत्येक मानिसको शरीरमा मिनरल, क्याल्सियम, फेस्फेटको आवश्यकता पर्छ । यसले हाम्रो शरीरलाई मजबुत बनाउन सहयोग गर्छ । हाम्रो शरीरको हड्डी पुरानो भएपछि फेरि नयाँ बन्छ । यो जीवनभरि चल्ने प्रक्रिया हो । प्रत्येक १०–१० वर्षमा मानिसको हड्डी परिवर्तन हुन्छ । जबसम्म हाम्रो शरीरमा पुरानोबाट नयाँ हड्डी बन्ने प्रक्रिया चलिरहन्छ तबसम्म हाम्रो हड्डी मजबुत हुन्छ ।
१ उमेरको कारण
उमेरको कारण पनि मानिसको हड्डी कमजोर हुन्छ । महिलाहरूको ५० वर्ष उमेर पुगेपछि हड्डी कमजोर हुन थाल्छ भने पुरुषको ७० वर्षपछि हड्डी कमजोर हुन थाल्छ । यो हर्मोनको कारण हुन्छ । महिलाहरूमा स्ट्रोजोन हर्मोनको कमी र पुरुषमा टेस्टोरोन हर्मोनको कमी भयो भने यो समस्या आउँछ ।
२ जीवनशैली
खानपान र जीवनशैलीले हड्डी कमजोर हुन्छ । शरीरमा क्याल्सियम, भिटामिन डी र प्रशस्त व्यायामको कमी भयो भने हड्डी खिइन्छ । हरियो सागपात र दूध, दहीले हाम्रो हड्डी मजबुत बनाउने गर्छ । जाँड–रक्सी खाने मान्छे, चुरोट खाने मान्छे र तौल कम हुने मान्छेको हड्डी कमजोर हुन्छ ।
३ मेडिकल डिसअर्डर
दीर्घरोगी, लामो समय बेड रेस्ट गर्नुपर्ने मान्छे, ह्विल चियरमा हिँड्ने मान्छेको व्यायाम नभएर हड्डी कमजोर हुन सक्छ ।
४ मधुमेह
मधुमेह रोगी र थाइराइडको समस्या हुने मानिसमा पनि हड्डी कमजोर हुने सम्भावना बढी हुन्छ । मोटोपना भएको मानिसलाई पनि हड्डी कमजोर हुने
सम्भावना हुन्छ ।
५ क्रोनिक किड्नी डिजिज
किड्नीमा समस्या हुने मानिसको हड्डी कमजोर हुने सम्भावना धेरै हुन्छ । शरीर स्वस्थ राख्न किड्नीको महत्वपूर्ण भूमिका हुन्छ । किड्नीले काम नगर्दा पिसाबबाट शरीरमा भएको क्याल्सियम जान्छ र हड्डी कमजोर हुन्छ ।
६ हर्मोनल थेरापी
क्यान्सरको थेरापी गर्नेहरूको पनि हड्डी कमजोर हुने हुन्छ । जस्तो, प्रोस्टेट क्यान्सर, स्तन क्यान्सरको थेरापी गराउनेमा यो समस्या देखिन्छ ।
७ क्षारेरोगी
क्षारेरोगको औषधि सेवन गर्नेको हड्डी कमजोर हुने सम्भावना हुन्छ ।
प्रत्येक मानिसको शरीरमा मिनरल, क्याल्सियम, फेस्फेटको आवश्यकता पर्छ । यसले हाम्रो शरीरलाई मजबुत बनाउन सहयोग गर्छ । हाम्रो शरीरको हड्डी पुरानो भएपछि फेरि नयाँ बन्छ । यो जीवनभरि चल्ने प्रक्रिया हो । प्रत्येक १०–१० वर्षमा मानिसको हड्डी परिवर्तन हुन्छ । जबसम्म हाम्रो शरीरमा पुरानोबाट नयाँ हड्डी बन्ने प्रक्रिया चलिरहन्छ तबसम्म हाम्रो हड्डी मजबुत हुन्छ ।नयाँपत्रिका
प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
