डिएनएबारे निकै सुनिन्छ । कसैको आमा–बाबु पत्ता लगाउन पनि डिएनए गर्ने प्रचलन विश्वभर छ । तर, यसको काम र यो कसरी सन्तानमा सर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यसबारे नर्थ डकोटा स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक तथा अनुसन्धानकर्ता अनुज घिमिरेले लेखेका छन् :
डिएनए अर्थात् डिएनएको पूरा रूप डाइअक्सिराइबो न्युक्लिक एसिड हो । यो एकप्रकारको जटिल अणु हो । जसले एउटा प्राणी बनाउने, त्यसको विकास र प्रजननलाई निर्देशित गरी सकुशल राख्ने काम गर्छ । हाम्रो शरीरको हरेक कोषाणुमा डिएनए हुन्छ । सामान्यतया डिएनए कोषाणुमा पाइन्छ ।
माइटोकोन्ड्रियामा पनि यसको केही मात्रा हुन्छ । यस्तो डिएनए आधा आमा र आधा बुबाबाट सन्तानमा सर्ने गर्छ । यसकारण डिएनए प्राणी बनाउने ‘ब्लु प्रिन्ट’ वा नक्सा हो । हाम्रो शरीर बन्नुपहिले ‘ब्लु प्रिन्ट’ वा नक्सा तयार हुन्छ र त्यहीअनुसारको संरचना बन्ने गर्छ ।
यसरी काम गर्छ डिएनएले
हरेक कोषाणुमा कम्तीमा २ मिटर डिएनए हुन्छ । डिएनए निकै खाँदिएर रहने गर्छ । डिएनएका त्यान्द्राहरू हिस्टोन नामक प्रोटिनको वरिपरि बेरिएर बसेका हुन्छन् । यसरी बेरिएर बसेका पदार्थलाई क्रोम्याटिन भनिन्छ । क्रोम्याटिन सुपरकोइलिङ भएर वा अझै धेरै गाँसिएर बस्ने गर्छ ।
जसलाई क्रोमोजोम भनिन्छ । मानव शरीरमा २३ जोडी अर्थात् ४६ वटा क्रोमोजोम हुन्छन् । तर, मानिससँग नजिकको प्रजाति चिम्पान्जीमा २४ जोडी अर्थात् ४८ वटा क्रोमोजोम हुन्छन् । मानव जातिको क्रमिक विकासका क्रममा दुईवटा क्रोमोजोमको फ्युजन भएको अनुसन्धानले भन्छ ।
२३ वटा आमाबाट र २३ बुबाबाट आएका गरी मानिसको शरीरमा २३ जोडा क्रोमोजोम हुन्छन् । तर, हाम्रो सेक्स कोषाणु अर्थात् पुरुषको वीर्य र महिलाको डिम्बमा २३–२३ वटा मात्रै क्रोमोजोम हुने गर्छ ।
महिला र पुरुषबाट आएका ती २३–२३ क्रोमोजोम मिलेर पुनः ४६ वटा अर्थात् २३ जोडी बन्छन् । महिला र पुरुषका हरेक २३ क्रोमोजोममा १ देखि २३ सम्म क्रमैसँग उही जिनहरू हुन्छन् । जसरी पुस्तकालयमा एउटा रातो खोल भएको पुस्तक छ, जसमा २३ वटा पृष्ठ छन् विभिन्न रङ भएका तर विषयवस्तु ठ्याक्कै उस्तै भएका । त्यसैगरी हाम्रो सेक्स कोषाणुबाट २३ क्रोमोजोम निस्किन्छन्, जुन आफ्नो साझेदारको अर्को २३ सँग मिलेर ४६ वटा वा २३ जोडी बन्छन् । हरेक महिला र पुरुषको २३–२३ क्रोमोजोम मिलेपछि बन्ने जिनले एउटा नयाँ सन्तानको जन्म दिन्छ । यसरी महिला र पुरुषबाट बराबर मात्रामा क्रोमोजोम आउने र त्यसको मिश्रण सन्तानमा पाइने हुँदा नै डिएनए टेस्ट गरेर आमाबुबाको पहिचान सहज भएको हो ।
डिएनए दुइटा त्यान्द्राले बनेको हुन्छ । ती दुई त्यान्द्रा मिलेर एउटा कार्यात्मक डिएनए बन्छ । डिएनएमा आनुवंशिक गुण, रासायनिक कोड भण्डारण भएका हुन्छन्, जसलाई बसेस भनिन्छ । ती हुन्– एडिनाइन (ए), गुवानाइन (जी), साइटोसाइन (सी) र थाइमाइन (टी) ।
मानिसको डिएनएमा करिब ३ अर्ब बेसेस हुन्छन् । ती बेसेसको शृंखलाले नै विभिन्न प्रकारका एमिनो एसिडको निर्माण गर्छ । डिएनएको दुईवटा त्यान्द्रा एक–अर्कासँग मिल्दा, ए र टी एउटा जोडी बनाएर बस्छन् भने जी र सी अर्को ।
आनुवंशिक रोग
हाम्रो शरीरका कोषाणुको संरचना, काम र नियमनका लागि प्रोटिन आवश्यक जैविक अणु हो । डिएनएमा विशेष प्रोटिन बनाउन सन्देश दिने टुक्रा हुन्छन्, जसलाई जिन भनिन्छ । धागोजसरी बसेका डिएनएमा ‘बेस’ जोडीका लामो शृंखला हुन्छ । पहिले डिएनए एमआरएनएमा रूपान्तरण हुन्छ, जुन प्रोटिन निर्माणका लागि अति आवश्यक तत्व हो ।
कोडोनमा आउने परिवर्तनले कुनै पनि प्राणीमा धेरै फरक ल्याउन सक्छ । उदाहरणका लागि सिकल सेप्ड एनिमिया भन्ने रोग । जिएजी कोडोनमा एको ठाउँमा टी बसेर जिटिजी बन्यो भने यो समस्या हुन्छ ।नयाँ पत्रिका

प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
जीवनशैली
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
