मुटु लगायत नसर्ने रोगबाट नेपालमा दुई तिहाईको ज्यान जाने गर्छ । एकपटक एकजना हाम्रो स्वास्थ्य मन्त्री एवं शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिका अध्यक्षले गाउँमा पोष्टमार्टम गर्ने डाक्टर नभएको अवस्थामा यो मुटुरोग अस्पताल किन चाहियो ? भनेका थिए । तर आज मुटु अस्पताल किन चाहियो ? भन्ने खालको प्रश्न र आलोचना सुन्नुपर्दैन । मुटुका बिरामीहरु बढेका कारण मुटु अस्पतालको माग बढिरहेको छ ।
उपचार सेवालाई कसरी निरन्तरता दिइरहने ? कसरी पहुँचयोग्य बनाउने ? जनताको घरदैलोसम्म सेवा कसरी बिस्तार गर्ने ? विज्ञान र प्रमाणमा आधारित रहेर नयाँ नीति तर्जुमा कसरी गर्ने ? भन्ने विषयमा केन्द्रीत हुनुपर्ने भन्ने आजको आवश्यकता छ । गरीब देश भएर पनि नेपालमा आज बच्चाहरुको मुटुको जटिल रोगको समेत निःशुल्क उपचार सम्भव भएको छ । प्राथमिक उपचारमा केही गर्न नसकेको अवस्थामा टर्सरी केयर र विशिष्टिकृत उपचार सेवाको कुरा गर्ने भन्ने प्रश्न पनि आउला । तर वास्तवमा सरकारले मुटुरोगीको उपचार सेवामा मात्र होइन नीति निर्माण पक्षमा धेरै सुधार गर्नुपर्छ ।
वाथ मुटुरोगका बिरामीको उपचार ३ देखि ५ लाख रुपियाँसम्म खर्च गरेर गंगालालले निःशुल्क उपचार सेवा दिँदै आएको छ । तर त्यसको सेकेन्डरी केयर पेनिसिलिन प्रोफ्याल्याक्सिसको कार्यक्रम बीचमै हराएर गयो । करिब ३५ लाख रुपियाँमा वर्षभरि देशको कार्यक्रम चलिरहेको थियो । सम्बन्धित बिरामीले लाभ पाएका थिए । मुटुरोग बिरामीको उपचार खर्चमा हामीले बर्षेनी करोडौं रुपियाँ खर्च गरिरहेको अवस्था छ । प्राइमरी केयर अफ र्यूम्याटिक हार्ट डिजिज शुरु गर्ने बेला भइसकेको छ
अब हामी कम खर्च गर्ने बाटो अबलम्बन गरेर प्राइमरी केयरमा जानुपर्ने आवश्यकता छ । मेनिन्जाइटिसको छिटो पहिचान र उपचार गरेर वाथज्वरोजन्य मुटुरोगबाट बचाउन सकिन्छ । अब त्यसमा राष्ट्रिय स्वास्थ्य कार्यक्रममा समावेश गर्न जरुरी छ । विगतमा दिइरहेको सेकेन्डरी प्रिभेन्सन बीचैमा हराएर गयो । त्यसलाई तुरुन्त पहिलेकै रुपमा ल्याउनुपर्छ । यसैपटक अन्यत्रबाट भइपरी आउने खर्च कटौती गरेर भएपनि राष्ट्रिय रुपमा शुरु गर्नुपर्छ ।
हामीले अन्य नसर्ने रोगको नीति तर्जुमा गर्नुपर्छ । नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु कि नेपाल सरकारले बल्ल संरचनामा नै नसर्ने रोगको सेक्सन खडा गरेको छ । यो निकै राम्रो कुरा हो । यसलाई वृहत् बनाउँदै जानुपर्छ । एकिकृत मञ्चबाट विभिन्न नसर्ने रोगको सेवा कसरी प्रदान गर्ने भन्ने बारेमा ठोस कार्यक्रम तय गरेर यसलाई राजधानीबाहिर बिस्तार गर्नुपर्छ ।
सेकेन्डरी केयर र प्राइमरी केयर केन्द्रको सहयोग गर्ने संयन्त्र बनाउनुपर्छ । हामीले यहाँबाट सपोर्ट गर्ने संयन्त्र बनाउनुपर्छ । हामी त्यसको मोडालिटीको लागि होमवर्क गरिरहेका छौं । हामीलाई यसबारे अलिकति हेक्का छ । त्यसलाई सशक्त रुपमा विकेन्द्रीकरण गर्ने अभियानमा लाग्नुपर्छ ।
(वरिष्ठ मुटु सर्जन प्रा.डा. भगवान कोइरालाको गंगालाल राष्ट्रिय हृदय केन्द्रको विकास र विस्तारमा निकै ठूलो योगदान छ ।)
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
