[caption id="attachment_15915" align="aligncenter" width="821"]
अस्मिता कार्की / बायोमेडिकल इन्जिनियर [/caption]
डाक्टर र मेडिकल स्टाफले बुझ्ने भाषामा मेसिन चलाइदिएर बिरामी र डाक्टरको जीवन सहज बनाउने ब्यक्ति बायो मेडिकल इन्जिनियर हो । बायोमेडिकल इन्जिनियरले डाक्टर र मेडिकल स्टाफको मेडिकल भाषा बुझ्नुपर्छ ।
दुईवर्ष अगाडि बायोमेडिकल इन्जिनियरिङमा स्नातक परीक्षा दिएको एक महिनादेखि नै काम शुरु गरेको थिएँ । त्यो बेला म रिजल्टको पकाईका थिएँ । तर हिमालयन मेडिटेकमा काम गर्ने अवसर पाएँ । त्यतिबेला बायोमेडिकल इन्जिनियरको काम र परिवेश बुझ्ने र सिक्ने मौका मिल्यो । त्यही बेलादेखि मेरो करियर शुरु भयो । म न्युरो डिजिनका लागि छनौट भएँ । मेट्रोनिक कम्पनिको ड्रिल, नेभिगेसन सिस्टम र नर्भस् मोनिटरिङ सिस्टममा तालिम लिँदै गएँ । शुरुमा स्व. प्रा.डा. उपेन्द्र देवकोटासँग मेरो पहिलो अपरेशन रुम (ओआर) को अनुभव लिने मौका मिल्यो । त्यो बेला न्युरो नेभिगेसन सिस्टम चलाएको थिएँ ।
राष्ट्रिय ट्रमा सेन्टरमा नविनतम मोडेलको नर्भ मोनिटरिङ सिस्टम ल्याएपछि वरिष्ठ स्पाइन सर्जन डा. गौरवराज ढकालसँग काम गर्दै थप सिक्ने मौका पाएँ । हुन त वीर अस्पतालमा सन् २००९ मा नर्भ मोनिटरिङ प्रविधिको पुरानो मोडल आइसकेको थियो । तर राम्रो सँग प्रयोगमा ल्याउन सकेको थिएन । चिकित्सकहरुको अनुमति मागेर यो सिस्टम राम्रो सँग सञ्चालनमा ल्याएँ । यसरी मेरो पहलमा नेपालभरमा ७ वटा नविनतम मोडेलको नर्भ मोनिटरिङ सिस्टम जडान भइसकेको छ । यो सिस्टम न्युरो र स्पाइन सर्जरीमा महत्वपूर्ण हुन्छ । सर्जरीको प्रकार अनुुुसार इलेक्ट्रोड्सको उचित प्लेसमेटमा मद्धत गर्नेदेखि सिज्नल अध्ययन र इन्टपिट गरेर सर्जनहरुलाई सोही अनुसार मद्धत पुर्याउने गरेकोे छु । नेपालको पहिलो नर्भस् मोनिटरिङ सिस्टम चलाउने बायोमेडिकल इन्जिनियर भएको नाताले जिम्मेवारी पनि महसुस गरेकी छु ।
न्युरो स्पाइन सर्जरीको शल्यक्रिया कक्षमा मैले कम्तिमा पनि ५ देखि १६—१७ घण्टासम्म समय बिताएको छु । यसमा मेरो आमाले मलाई मद्धत गर्नुभयो । सायद कामको महत्व नबुझेर होला पटक पटक आफ्नो घरमात्र नभई कार्यस्थलका सदस्यलाई समेत बुझाइ रहन पथ्र्यो । मेलै मेरो विवाहमा पनि तीन दिन मात्र छुट्टी लिएको थिएँ किनकी कामलाई असाध्यै माया गर्छु । तर सबैले यो कुरा नबुझ्दा पटक पटक जवाफ दिनुपर्ने बाद्यता हुन्छ । जे होस् न्युरो/स्पाइन सर्जन सँगबसेर धेरै काम गरेको छु । उहाँहरुले मलाई प्रोत्साहन गर्नुहुन्छ । यसबाट खुशी लाग्छ । वीर अस्पताल र मेडिसिटी त झन् आफ्नै परिवार जस्तै लाग्छ । प्रा. डा.गोपाल रमण शर्मा, प्रा. डा. राजीव झा, प्रा. डा. प्रकाश विष्टहरुले दिने हिम्मत र प्रोत्साहनको लागि म आजीवन आभारी छु ।
नर्भ मोनिटरिङ सिस्टम के हो ?
नर्भ मोनिटरिङ सिस्टम भनेको नसाको इनट्याक्टनेस सर्जरी हुँदै गर्दा चेक गर्ने मेसिन हो । यस मेसिनको प्रयोगले सर्जनले न्युरोन्स्लाई हानी नपु¥याई सर्जरी गर्न मद्धत गर्छ । यो सिस्टमले न्युरोन्सलाई हानी हुन लगेको संकेत दिन्छ । ट्युमर र ट्रमाजस्ता घटनाहरुमा सर्जनलाई न्युरोन्सको गतिविधि थाहा दिई अझ निर्धक्क सर्जरी गर्न मद्धत पुर्याउँछ । यस प्रकारको सेवा वीर अस्पताल, नेपाल मेटिसिटी, केएमसी हस्पिटल, टिचिङ हस्पिटल र नोबेल हस्पिटलमा छ । म आफै संलग्न भएर डेढ वर्षमा २५० भन्दा माथि केसहरु भइसकेको छ । जसमा वीर अस्पतालमा सबैभन्दा धेरै केस भएको छ । नर्भ मोनिटरिङ सिस्टम CP Angle Tumor, Scoliosis,Kyphosis, Spondylolisthesis, Alomas,Brachial Felsus surgery, Tether Cord, Epilepsy, Intra Dural Extral Extra Medulary Tumor Internal, Pedicle screw Fixation लगायतका सर्जरीहरुमा प्रयोग भएको छ ।
Neuro/ Gastro/ Ent/ Trauma/ CCU/ Transfusion Technology, Physio therapy/ Uro / Waste management गरि विभिन्न डिभिजन छन् । यसमा Neuro division को Head of department को रुपमा काम गरिरहेको छु । म Application part / technical part हेर्छु ।Medtronix, PMI र हालैZeiss Microscope का विभिन्न Equipment मा Trained छु । Nerve Monitoring मा साउथ एसिया Topper पनि हो । (कार्की हिमालयन मेडिटेकमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
करियर
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
आधारभूतदेखि अत्याधुनिकसम्मः आईटीको अविरल योगदान
शनिबार, साउन २४, २०८२ट्रेन्डिङ