मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक समस्याको शंका गर्नुपर्छ ।
मानसिक रोगका प्रकार
हाल विश्वमा प्रचलित मुख्य दुई मानसिक रोग वर्गीकरण विधि इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिज दशौं रिभिजन र डायग्नोष्टिक एण्ड स्टास्टिकल म्यानुअल चौथो रिभिजनले विभिन्न मानसिक रोगहरूलाई लगभग समान किसिमले व्याख्या गरेका छन् । एन्जाइटी डिस्अर्डर, डिप्रेसन, सिजोफेर्नियाजस्ता पहिलेदेखि नै मानसिक समस्याका रूपमा परिचित रोगहरूका साथै बच्चाहरूमा उत्पन्न हुने व्यावहारिक समस्या, सुस्त मनस्थितिका साथै लागू औषधिको प्रयोगले उत्पन्न हुने व्यावहारिक समस्याहरूलाई पनि मानसिक समस्याको सुचीमा राखिएको छ ।
मानसिक समस्या विश्वका सम्पूर्ण जनसंख्यामा समानुपातिक हिसाबमा पाइन्छ । द्वन्दग्रस्त समुदायमा भने मानसिक समस्या मात्र नभई आत्महत्या पनि बढी देखिएको छ । डा.ध्रुब मान श्रेष्ठको टोलीले नेपालमा सन् १९८३ मा जनसमुदायमा गरिएको एक अध्ययनमा नौ वर्षभन्दा माथिका १४ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको र २ प्रतिशत व्यक्तिहरू त तुरुन्त उपचार चाहिने मानसिक रोगबाट पीडित भएको पाइएको छ । तुरुन्त उपचार चाहिने रोगीहरू पनि विभिन्न कारणहरूले सही उपचारबाट वञ्चित रहेको कुरा पनि उक्त अध्ययनले देखाएको थियो । मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगी हुन्छन् । यिनको उपचारमा पुनस्र्थापना आवश्यक हुन्छ ।
मानसिक रोगप्रति किन चनाखो हुने ?
मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरूमध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हुन सक्दछन् । मानसिक रोगलाई दैवी शक्ति, भूत प्रेत एवं मन कमजोरीको समस्या ठानेर रोग नै नभएको कतिपय व्यक्तिको धारणा छ ।
कतिपय व्यक्ति मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मान प्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने ठान्छन् । कतिलाई त यस्ता समस्याहरूको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा र विश्वाश छैन र धामी झाँक्रीको शरणमा जाने गर्दछन् । समस्या ठीक नभएमा या बढ्दै गएमा त्यस्ता व्यक्तिलाई बाँध्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता घटनाहरू त छापाहरूमा बेलाबेलामा प्रकाशित भइ नै रहेका हुन्छन् ।
जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हट्नुपर्छ । अन्यथा मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन आउन सक्दैन । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोगपश्चात् मानव जातिलाई पिरोल्ने दोस्रो डिप्रेसन भनेकाले मानसिक समस्याबारे चनाखो बन्नुपर्ने अवस्था आइसकेको छ ।
पागलपनका लक्षण
पागलपनलाई अंग्रेजीमा साइकोसिस भनिन्छ । यी रोगीहरुले सामाजिक परिप्रेक्ष्यमा नमिल्ने व्यवहार गर्ने, कुराकानीमा गडबड, मानसिक असन्तुलन ठम्याउन नसक्ने भएकाले पागलपन भन्ने गरिएको छ । यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी रहेमा डिप्रेसनको शंका गर्नुपर्छ ।
डिप्रेसनका प्रमुख लक्षण
- सँधै उदासिन भइरहने
- खुशी महसुस गर्न नसक्ने
- इच्छाशक्ति मर्ने
- मनमा नकारात्मक र निराशावादी विचार आउने
- मर्न मन लाग्ने
- ध्यान केन्द्रित गर्न नसक्ने
- विर्सने
- शरीर भारी, गल्ने वा दुख्ने
- टाउको भारी हुने, शरीर गल्ने वा दुख्ने

- चिडचिडाहट लाग्ने
- निद्रा गडबडी
- खानामा रुची घट्ने
- यौन इच्छामा कमी
- अत्यधिक डर, त्रास र भय
- औसत मानिस भन्दा बढी चिन्तित
- सामान्य समस्यालाई भयंकर ठान्ने
- शारीरिक लक्षणमा मुटु काप्ने, श्वास फेर्न गाह«ो अनुभव हुने
- जिउ या हातखुट्टा काप्ने
- चिटचिट पसिना आउने
- तनाव महसुस हुने
- मनमा लगातार ईच्छा नलागेका विचार आउने
- एक्कासी पहिले भोगेका पिडा या यातना स्मरण हुने
- कुनै खास वस्तु या स्थानका कारण मन आत्तिने
- मुटुको धड्कन तेज हुने
- श्वासको गति बढ्ने
- श्वास रोकिएको जस्तो हुने
- शरीर या हातखुट्टा काप्ने
- चिट् चिट पसिना आउने
- तनावका कारण टाउको र गर्दन दुख्ने
- नचाहिने चिजको अनावश्यक चिन्ता लागिरहने जस्तोः पारिवारीक चिन्ता,आर्थिक चिन्ता, भविष्यको चिन्ता धेरै ।
- लगातर आत्तिने रोग (Generalized Anxiety Disorder)
- एक्कासी आत्तिने रोग (Panic Disorder)
- समूहमा या सामाजिक अवस्थाहरूमा आत्तिने रोग(Social Phobia or Social Anxiety Disorder)
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
रोग
एक्लोपनले शरीरमा कस्तो असर गर्छ ?
शुक्रबार, चैत २२, २०८१ट्रेन्डिङ
