नेभिगेशन

भिडको हातमा कानुन ! यसरी गर्न सकिन्छ सुधार

  केही वर्षअघि एउटा अस्पतालको क्रिटिकल केयर युनिटको निकास गेट बाहिर एउटा असुली समूहका व्यक्तिहरु ड्युटी नै गरे जसरी गिद्धले सिनो कुरेसरी सम्भावित मृत्युलाई कुरेर बसेको दृष्यले आजको दिनको छनक दिइसकेको थियो । कुरा के रहेछ भने आफन्तको मृत्यूपश्चात् शोकमा रहेको र विधिको विडम्बनालाई स्वीकार गर्न मानसिक रुपमा तयार भइनसकेका मृतकका परिवारको मनोअवस्थाको दुरुपयोग गर्दै क्षतिपूर्ति दिलाई दिने प्रलोभनमा पारी शोकमा रहेका मृतकका परिवार तथा आफन्तजनलाई गुमराहमा पारी परिस्थितीलाई भड्काई असुली धन्दा गर्ने अवैध कुकृत्यको सुत्रधार घटना रहेछ त्यो । त्यसपछि पनि छिटफुट रुपमा अस्पताललाई ब्ल्याकमेल गरी रकम असुली भए भन्ने घटना पनि सुनिने गरेका हुन् । तर हामीले ती घटनालाई प्रवृतिको रुपमा कहिल्दै लिएनौं जसलाई प¥यो उसैलाई प¥यो भने जसरी व्यवहार ग¥यांै । अरु त अरु सहानुभूतीका शब्दहरु समेत व्यक्त गर्न कन्जुसाइ ग¥यौँ । त्यति मात्र हैन अस्पताल र डाक्टर विरुद्धका कपोलकल्पित फेक न्युजलाई सामाजिक सञ्जालमा सेयर गरी आत्मरतिमा रमायौं । हुन त आफैँ सिसाको घरमा बस्नेले अरुको सिसामा ढुङ्गा नहान्नु भन्छन् तर अन्यायमा परेका डाक्टर र अस्पताललाई अपराधी घोषणा गरिएका झुटा समाचारलाई हामीले प्रोत्साहित ग¥यांै । यो रोगले भोली आफूलाई पनि समात्ला भन्ने हेक्का राखेनांै फलस्वरुप विभिन्न दलाली समुहहरुले क्षतिपूर्तिका नाममा लास माथि मोलमोलाईको धन्दा बसाले अनि त्यसको सिको गर्दै मोफसलमा पनि यस्ता समुहहरु फैलदै जान थाले । प्रविधिका फाइदा बेफाइदाः सुचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगमा आएको ब्यापकताको गलत प्रयोग गर्दै मृत्यूका घटनामा डाक्टर तथा अस्पताललाई बिना अनुसन्धान दोषी करार गरेका सूचना नियोजित ढङ्गले भाइरल बनाइ असुलीको लागि दवाव दिने हतियारका रुपमा प्रयोग हुन थाले । तर अब यो वार्गेनिङ्गको हतियारको रुपमा सामाजिक सञ्जालको प्रयोगले बिस्तारै यसका योजनाकारहरु नै नाङ्गिदै जाने प्रष्ट छ । उदाहरणको लागि केही महिना अघि काठमाण्डौंका दुई अस्पतालहरुमा भएका छुटाछुटै मोलमोलाईका प्रदर्शनमा उही व्यक्तिहरु संलग्न रहेको प्रमाण उनीहरुले नै सामाजिक सञ्जालमा राखेका भिडियोहरुमा देखियो । एक जना स्वघोषित नवोदित कलाकारले त आफु सामाजिक सञ्जालमार्फत प्रख्यात हुने अभिप्रायले समेत यस्ता प्रदर्शनहरुमा सहभागी हुने गरेको आफ्नै भनाइबाट पुष्टि गरेको भिडियो पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ । हालैको एक घटनामा तोडफोडको घटनाको भिडियो हेर्दा यो पेशेवर समुह हो की भने कुरा देख्न सकिन्छ । यस्ता प्रदर्शनहरुमा सधैजसो देखिने एक युवाले त आफ्नो पेशा नै अस्पतालमा मृत्यू भएका परिवारलाई सहयोग गर्ने हो भनी एउटा युट्युब अन्तर्वार्तामा भनेका छन् । सबै पत्रकार ? हालसालैको एक घटनामा डाक्टर तथा अस्पताललाई दबाव दिन तिनै लठैतहरुले मोबाइल तथा क्यामरा तेर्साइ आफैलाई स्वघोषित पत्रकारका रुपमा पेश गरेको उदाहरण समेत रहेको छ । हालै एक अस्पतालको भाइरल भएको भिडियोमा प्रश्न सोध्दै गरेका ब्यक्तिहरु पत्रकार नै हुन त ? बन्धक बनाइन्छन् डाक्टर तथा अस्पताल प्रशासकः अस्पतालमा मृत्यूपश्चात् मोलमोलाइका लागि वार्ताका नाममा डाक्टर तथा अस्पतालका प्रतिनिधीहरुलाई अघोषित रुपमा बन्धक बनाइन्छ । मानसिक टर्चर गरिन्छ, अपशब्द प्रयोग गरिन्छ । शारीरिक हमलाको डर देखाइन्छ, अनि क्षतिपूर्तिका नाममा असुलीको लागि दवाव सृजना गरिन्छ, निरिह बनाइन्छ । जबरजस्ती अपराधी घोषणा गरि तथाकथित आरोप स्वीकार गर्न दवाव दिइन्छ । के गर्छ प्रहरी प्रशासन ? प्रहरी प्रशासन सधै बिवाद चाँडै मिलोस् भन्ने चाहन्छ । मृत्यू जस्तो संवेदनशील विषयमा बल प्रयोग गरी अलोकप्रीय हुन चाहँदैन । जसरी भएपनि मेलमिलाप होस् भनेर चाहन्छ । घटना घट्नुअघि नै अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई सुरक्षित राख्न असफल रहन्छ । जनप्रतिनिधि तथा राजनीतिज्ञ के गर्छन ? मृत्यू भइसकेपछि आफ्नो राजनीतिक क्षेत्रका परिवारजनलाई सान्त्वना दिन राजनीतिज्ञहरु घटनासँग जोडिन पुग्छन् तर क्षतिपुर्तिका रुपमा केही आर्थिक सहुलियत मृतकका परिवारलाई पु¥याउन सके आफ्नो प्रयास सफल ठहरिने सोच्न पुग्दछन् । किन दिन्छन् पैसा अस्पतालले ? गल्ती नभए अस्पतालले किन पैसा दिए त ? भनी प्रश्न उठ्ने गरेका छन् । तर वास्तविकता अर्कै छ । माथि उल्लेखित विभिन्न स्वार्थ समुहहरुको भुमरीमा पर्छन् डाक्टर अनि अस्पताल । अप्रमाणित अपराधको आरोपलाई धेरै दिन झेल्न सक्दैनन् डाक्टर । अनि अवरुद्ध अस्पतालको सेवालाई सुचारु गर्नुपर्ने दायित्व रहन्छ अस्पतालको । अस्पतालमा रहेको अन्य बिरामीको स्वास्थ्य सुरक्षाको विषयले त समस्या चाँडो नसुल्झाइ धरै हुँदैन ब्यवस्थापनलाई । कस्तो रहन्छ असुलीको माहोल ? डाक्टरहरुलाई भीडले अपराधी घोषित गर्दछ । चिकित्सा विज्ञानको कुनै जानकारी नभएका ब्यक्तिहरुलाई चिकित्सा विज्ञान सम्झाउनु पर्ने बाध्यता सृजना गरिन्छ । डाक्टरको मानमर्दन गर्ने गरी प्रश्न सोधिन्छ । चिकित्सा विज्ञान तथा प्रोटोकलका आधारमा डाक्टरले दिएका जवाफलाई मजाक बनाइन्छ । प्रति प्रश्न गरिन्छ । तिनै प्रश्न दोहोराइन्छ, तेहराइन्छ र २४ सै घन्टा जवाफ दिन तयार बस्न दवाव दिइन्छ । तथाकथित पत्रकारका नाममा मुखभित्रै पुग्ला झै गरी माइक तेर्साइन्छ, धम्काइन्छ र त्यही भिडियो सामाजिक सञ्जालमा हाली डाक्टरलाई अपराधी घोषणा गरिन्छ । यसरी घटना अतिरंजित भई भ्रम फैलदै गइसकेपछि मृतकका आफन्त, राजनीतिज्ञ, पत्रकार बिभिन्न नाममा ब्यक्तिहरुको प्रबेश भइरहन्छ र ति सबैलाई उस्तै गरी पटक पटक जवाफ दिन लगाइन्छ, अपमान गरिन्छ र त्यही प्रक्रिया फेरी दोहोराइन्छ । अनि विकल्प विहीन भएपछि बाध्यतावस् सहमतीमा वार्ता टुङ्गिन्छ । अस्पताल व्यवस्थापनले वातावरणलाई नियन्त्रणमा राख्न सम्झौता गर्दछ । अनि यो सबै प्रक्रियामा सम्झौता गर्न दवाव दिने तिनै समुहहरुले प्रश्न गर्छन् पैसा किन दिएको ? अनि असुली समुह आफ्नो हिस्सा लिएर अर्को घटनाको प्रतिक्षामा रहन्छ । न त छानबिन हुन्छ, न त कारण पत्ता लाग्छ, न त त्यो घटनाबाट सुधारका केही बिषय निस्कन्छन् । अनि के पाए त सर्वसाधारणले ? कसरी आउँछ स्वास्थ्य सेवामा सुधार ? बरु यसले अन्तत भिडतन्त्रलाई नै प्रोत्साहन गर्दछ । कसरी गर्ने सुधार ? १ डाक्टरहरुले आफ्नो कम्यूनिकेसन स्तरलाई व्यवहारीक बनाउने, परामर्शलाई अझ विस्तृत बनाउने अनि पारदर्शीतालाई बढावा दिने । २ बिरामीले आफ्नो पुर्व स्वास्थ्य, औषधीको इतिहास सबै कुरा डाक्टरलाई राम्ररी बताउने । ३ अस्पतालले क्लिनिकल प्रोटोकल लागु गराउने । ४ प्रहरी प्रशासनले पेशेवर समुहलाई नियन्त्रण गर्ने । अस्पताललाई शान्ति क्षेत्रका रुपमा स्थापना गर्न भुमिका खेल्ने । ५ पत्रकारले जनचेतना जगाउने र अपराध प्रमाणित नहुन्जेल सम्म कोही अपराधी हुँदैन भनी बुझ्ने ÷ बुझाउने । ६ राजनितिज्ञ÷प्रशासनले कानुनको राज स्थापना गर्न सहयोग गर्ने, मृतकका परिवारलाई कानुनी प्रक्रियामा जान प्रोत्साहित गर्ने । ७ नियमनकारी निकायले अस्पतालको उपचार पद्दतीमा चिकित्सा शास्त्रका प्रोटोकल पालनाहरु भए÷ नभएको ÷पेसेन्ट सेफ्टी भए—नभएको हेर्ने । ८ सर्वसााधारणले हल्लाका पछि नलाग्ने ÷ अनुसन्धानबाट प्राप्त परिमाणले स्वास्थ्य सेवाको स्तर वृद्धि भई हामीलाई नै लाभ हुने हुदाँ भिडले अपराधी घोषणा गर्ने, भिडतन्त्रको बिरोध गर्ने तथा कानुनी राज्यको स्थापनाका लागि आवाज उठाउने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख