‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ यो प्रचलित नारा सत्य हो । किनकि, धूम्रपानकै कारण मुटुमा समस्या र क्यान्सरजस्ता रोग लाग्न सक्छन् । तर, यो कुरा थाहा हुँदाहुँदै पनि अधिकांश मानिस धूम्रपान गर्छन् । धूम्रपान धेरै गरे यो क्रमशः कुलतका रूपमा विकसित हुन्छ । यसको कुलतबाट छुटकारा पाउन गाह्रै भए पनि असम्भव भने छैन । केही यस्ता खानेकुरा छन्, जसले धूम्रपानबाट छुटकारा पाउन मद्दत गर्छन् :
गोलभेँडा
गोलभेँडाको दैनिक सेवन गर्ने हो भने यसको सुगन्धले चुरोटको गन्धलाई कम गर्दै लान्छ । गोलभेँडा र सुर्ती एउटै प्रजातिका बोटबिरुवा हुन् । त्यसैले, गोलभेँडाले निकोटिनको असरलाई छिटै प्रभावित बनाउँछ । गोलभेँडाको जुस सेवन गर्नु झनै फाइदाजनक हुन्छ ।
अदुवा
अदुवाले धूम्रपानको लत हटाउन प्रभावकारी भूमिका खेल्छ । यसका लागि एक चम्चा चिनीमा एक टुक्रा अदुवा पिँधेर पानीमा राख्ने । अनि, नियमित सेवन गरेमा धूम्रपानलाई बिस्तारै बिर्सन सकिन्छ ।
दूध
दूध स्वास्थ्यका लागि धेरै कोणबाट फाइदाजनक छ । दैनिक एक गिलास दूध पिउने हो भने चुरोट पिउन मनै लाग्दैन ।
सुन्तला
सुन्तलामा पाइने भिटामिन सीको मात्राले चुरोट पिएका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्छ । साथै, चुरोटको तलतल लागेका वेला सुन्तला वा यसको रस खाने गर्नुपर्छ । जसले तलतल कम हुन्छ र बिस्तारै चुरोट पिउने बानी हटाउन सकिन्छ ।
काजु र बदाम
चुरोट पिउनु भनेको मुखलाई व्यस्त राख्नु हो । काजु वा बदाम मुखमा राखेर बस्दासमेत मुख व्यस्त हुन्छ । क्रमिक रूपमा चुरोटको लतबाट बच्न सकिन्छ । साथै, यी दुई चिज खाएमा निकोटिनले पार्ने असरसमेत कम गर्न मद्दत गर्छ ।
विभिन्न फलफूल र तरकारी
काँक्रो, गाँजर, ब्रोकाउली, ज्वानो आदिजस्ता काँचै चपाएर खान मिल्ने तरकारी तथा फलफूल नियमित सेवन गरेमा सुर्तीजन्य पदार्थबाट छुटकारा मिल्छ । यस्ता मौसमी फलफूल र ताजा तरकारी सधैँ खाएमा चुरोट बिस्तारै बेस्वादे लाग्न थाल्छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
महिलाको स्वास्थ्यका लागि आवश्यक यी पाँच पोषक तत्व
बुधबार, असोज २१, २०८३
माइग्रेन हुँदा खानुहोस् यी ५ खानेकुरा, दुखाइ कम गर्न यस्तो बानी अपनाउनुहोस्
सोमबार, भदौ २९, २०८३
एक महिनासम्म दैनिक दुई अण्डा खाँदा शरीरमा के-कस्ता परिवर्तन आउन सक्छन् ?
बुधबार, भदौ २४, २०८३
एक महिनासम्म नियमित कागती पानी पिउँदा शरीरमा के–के परिवर्तन हुन्छ ?
सोमबार, भदौ १५, २०८३
चर्को गर्मीमा खानपानमा यी तीन कुरामा ध्यान दिनुहोस्
आइतबार, भदौ ७, २०८३ट्रेन्डिङ
३
६

