नेभिगेशन

कोरोना नियन्त्रणमा हामी सही दिशामा छौँ

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कुनै दिन एकानब्बे हजार बढी कोरोना संक्रमित पुग्न सक्ने अनुमान गरिएको थियो । मध्यम अवस्थामा करिब ३९ हजार सम्म पुग्ने अनुमान गरिएको थियो । गत कात्तिक ६ गते सक्रिय संक्रमितको संख्या करिब ४७ हजार सात सय पुग्यो ।
हाम्रा र्यापिड एक्सन प्लानका आधारमा काम गर्दा पछिल्ला समय लजिस्टिकको व्यवस्थापन, उपचार व्यवस्थापन र केस फोरकास्टिङ गर्न सकिएको छ । यसमा सरकारी र निजी दुबैको राम्रो योगदान रहेको छ ।


पछिल्लो चरणमा समुदायमा संक्रमण दर कुन अवस्थामा छ भनेर बुझ्न सेरो प्रेभलेन्स सर्वे भएको छ । हामीले पुस महिनाभर मास स्क्रिनिङ टेस्ट गर्न एन्टिजेन परीक्षण गर्न लागेका छौँ । मास स्क्रिनिङका लागि दुइलाख टेस्ट गर्ने तयारी भइरहेको छ । सबै स्थानिय तह, प्रदेशको सहयोगमा यो टेस्ट हुँदै छ ।


मन्त्रालयको टेस्टिङ प्रोटोकल अन्तर्गत लक्षण वा चिन्ह भएकाहरुको सरकारी प्रयोगशालामा निशुल्क परीक्षण र उपचार गरिन्छ । उपचार पछाडिको शोधभर्ना भुक्तानी पनि निरन्तर गरिरहेका छौँ । मंसिर सम्मको शोधभर्ना भुक्तानीको क्रममा छ ।


पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमण दर घटेको छ । संक्रमण दर एक हजार भन्दा कम पाँच सय देखि ८ सयको बिचमा रहेको छ । नेपालमा कुनै दिन संक्रमण दर ३३ प्रतिशत सम्म पुगेको थियो । अहिले घटेको एघार बाह्र प्रतिशतमा झरेको छ । पहिलो चरणको संक्रमण वेभलाई नियन्त्रण गर्न सफल भएका छौँ । यसपछाडी आउन सक्ने दोस्रो वेभलाई र अन्य प्रभावबारे गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ ।

कोभिड रोकथाम नियन्त्रण र उपचारका लागी सबैभन्दा राम्रो अभ्यास इन्सिडेन्ट कमान्ड सिस्टम छ । पहिला इन्सिडेन्ट कमान्ड सिस्टमको मिटिङ प्रत्यक दिन बस्थ्यो । अहिले हप्ताको दुइदिन आइतबार र बुधबार हुन्छ । कोभिड रोकथाम नियन्त्रणका लागी के–कस्ता रणनिति, उपाय, जनस्वास्थ्यका मापडण्दमा केन्द्रित रहेर छलफल गरिन्छ ।

यसका अलावा सर्भिलेन्स, केस इन्भेस्टिगेसन, कन्ट्रयाक ट्रेसिङको स्तम्भ ( पिलर) छ । उपचार व्यवस्थापनको काम केस म्यानेजमेन्टको टिमले हेर्दै आएको छ । भने लजिस्टिक र सुचना प्रणाली विकासको लागी लजिस्टिक इन्र्फमेसन व्यवस्थापनको टिमले हेर्छ । यि तीन पिलरको समान धारणाका आधारमा रोकथाम र नियन्त्रण नियन्त्रण गर्छौ ।


अब हामीले खोप भित्र्याउने पुर्वतयारी गर्नुपर्ने छ । कोभिड १९ को खोपको पुर्वतयारी गर्नुभन्दा पहिला उपचार व्यवस्थापन प्रभावकारी बनाउन सकियो भने मलाई लाग्छ मृत्युदर घटाउन सक्छौँ । पछिल्लो चरणमा पाँच सय आइसियू बेडका लागि बजेट व्यवस्थापन गरेका थियौँ भने दोस्रो चरणमा दुइहजार बेड थप्ने योजनामा छौँ । यो काम सफल भएको कोभिडको दोस्रो लहर आएपनि क्रिटिकल केयर व्यवस्थपनमा प्रभावकारिता देखाउन सक्छौँ ।

कोभिड खोपको पुर्वतयारीका लागि एउटा प्रिन्सिपल प्रपोजल तयार गरेका छौँ । नेपाल सरकार मन्त्रीपरिषद्बाट स्वीकृत भैसकेको छ । उक्त प्रपोजलका आधारमा सात ओटा देशमा डिप्लोम्याटिक नोट पठाएका छौँ । दुइओटा देशमा परराष्ट्र मन्त्रालयको समन्वयनमा गभरमेन्ट टु गभरमेन्ट प्रकोप व्यवस्थापनका लागि २० प्रतिशत जनतालाई पुग्नेगरी खोप ल्याउने तयारी भइरहेको छ ।

औषधि ऐनमा कानूनी व्यवस्था गरेर त्यसको संशोधन गरेको छौँ । प्रिन्सिपल प्रपोजलका आधारमा खोप सचिवालय गठन गरेका छौँ । यस अन्तर्गत सात सचिवालयहरुले काम गरिरहेका छन । प्राविधिक समितिले दिएको प्राविधिक प्रस्ताव राष्ट्रिय खोप सल्लाहकार समितीबाट स्वीकृती भइसकेको छ । औषधि सल्लाहकार समितीबाट नेपालमा खोप प्रयोग संम्बन्धी संहिता पास गरेका छौँ ।
खोप भण्डारणका लागि पुर्वाधार व्यवस्थापनको कार्यलाई तिव्रता दिएका छौँ । माइनस २० डिग्रीको खोप प्राप्त गर्ने अवस्था आयो भने करिब ३० प्रतिशत खोपलाई भण्डारण गर्न सक्ने पुर्वाधार तयार गरेका छौँ । भने माइनस ७० डिग्रीको खोप प्राप्त भए पुर्वाधार थप्नुपर्ने हुन्छ । तत्काल ३ प्रतिशत फ्रन्टलाइनरलाई पुग्ने खोप भण्डारण गर्न सकिन्छ । विस्तारै निजी क्षेत्रले पनि खोप आयात गर्न सक्छन् ।


अहिले तत्काल खोप राख्नका लागि सात ओटै प्रदेशमा वयरहाउसको व्यवस्थापन गर्नुपर्ने छ । कोभिड नियन्त्रणमा हामी सहि दिशामा छौँ जस्तो लाग्छ । जनस्वास्थ्यका मापदण्ड अझै पालना गर्नु पर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट