नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयदेखि रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्षलाई शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरे।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित आयोगका पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता आयोगको उपाध्यक्ष पद रिक्त रहँदै आएको थियो।
उपाध्यक्ष पद रिक्त भएपछि आयोगको दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिन पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई अर्को व्यवस्था नभएसम्म कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
डा. खत्रीको नियुक्तिसँगै लामो समयदेखि नेतृत्वविहीन रहेको आयोगले पूर्णकालीन उपाध्यक्ष पाएको छ।
आज विश्व मानसिक स्वास्थ्य दिवस: ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक परिवर्तन’
शनिबार, असोज २४, २०८३
‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’
शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
