जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।
यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ ।
करिब दुई महिना आधायता २४ घण्टाको समयावधिमा भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको जुन २८ मा पहिलो पटक हो । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।
हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् । सिन्ह्वा
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

