जनस्वास्थ्य सरोकार, बर्दिया । करिब तीन महिना अघि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भई हाल भेरी अस्पतालमा उपचाररत जैसरा वलिलाई आर्थिक अभाव भएको छ । कोरोना संक्रमण पछि फोक्सोमा गम्भिर संक्रमण देखिएपछि विगत दुइ महिना देखि उपचाररत बर्दिया जिल्लाको बारबर्दिया-९ बनगाई की जैसरालाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

जैसरालाई गत चैत २८ गते संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण फोक्सोमा गम्भिर संक्रमण देखिएपछि उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ झण्डै एक महिना उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि भेरी अस्पताल रिफर गरिदियो । भेरी अस्पतालमा उपचार सुरु भएको २५ दिन बितिसक्दा पनि जैसिराको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन ।
लामो समयसम्म अस्पतालमा राखेर महंगो उपचार चलाउनुपर्दा आर्थिक अभाव हुन थालेको छोरा दीपक वलि बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘कोरोना संक्रमणकले आमाको फोक्सोमा धेरै नै असर पुर्याएको छ । लामो समयदेखि अस्पतालमा भर्ना गरेर राख्दा आर्थिक अभाव हुन थालेको छ । उहाँको उपचारका लागि आर्थिक सहयोग पाए आमालाई बचाउन सकिन्छ कि भन्ने आशा लागेको छ ।’
उपचारका लागी सम्पूर्ण देश बिदेशमा रहेका अग्रजहरु, आफन्तजन, साथीभाई, सुभेच्छुक शुभचिन्तकहरुमा आर्थिक सहयोगका लागि गरिएको छ । सहयोगका लागि दीपक वलिको सिटिजन्स बैंक बंगलाचुली शाखा दाङमा रहेको खाता नं ०६७०१००००००४६०४६ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । जैसराको उपचारमा आर्थिक सहयोग गर्न चाहानेले उहाँको छोरा दीपकको मोबाइल नम्बर ९८४४८२१७३७ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न समेत सक्नेछन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

