जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्न थालेको तथ्याङ्कले देखाएको छ । बितेको २४ घण्टामा देशभर २ हजार ८९२ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट ७ हजार १८७ जना पिअिसार परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ पुगेका मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा आज ५७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ४३६, भक्तपुरमा ४७र ललितपुरमा १८९ गरी ५७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको छ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

