जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो ।
सोही क्रममा चितवन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साताका लागि थप गरी यही असार २४ गतेसम्म पु¥याएका हुन् ।
हाल जारी रहेकै नमूनामा नै निषेधाज्ञा हुने आदेशमा जनाइएको छ । यसअघि यही असार १० देखि १७ गते राति १२ः०० बजेसम्मका लागि घोषणा गरिएको नमूनामा निषेधाज्ञा जारी राखिने आदेशमा उल्लेख छ ।
आदेशमा शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवाप्रवाह हुने भनिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको लामिछानेद्वारा जारी आदेशमा जनाइएको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
