जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ९८५ जनामा आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त छन । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत रहेको छ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको निधन भएको छ। अहिले देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित छन् ।

‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
