जनस्वास्थ्य सरोकार, काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा जनस्वास्थ्यका मापदण्डको पालनामा कमी आएको छ ।

बजारमा समेत मानिसहरु निर्धक्क भएर हिँड्न थालेका छन् । सरकारले घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न र सेनिटाइजर प्रयोग गर्न सुझाव दिँदै आएको छ ।
तर सरकारले दिएका सुझावको पूर्णरुपमा पालना हुन सकेको छैन । यसले संक्रमण दर पुनः बढाउन सक्ने सम्भावना देखिएको विज्ञहरु बताउँछन् ।
सबै नागरिकलाई खोप नलगाएसम्म सरकारले जनस्वास्थ्यका मापदण्डको पालनालाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र पटकपटक साबुनपानीले हात धुने गरे कोरोना संक्रमण फैलिन पाउँदैन ।
तर अहिले जनस्वास्थ्यका मापदण्डको पालनामा केही हेलचेक्र्याइँ हुने गरेको पाइन्छ । योसँगै विभिन्न ठाउँमा जमघटसमेत हुन थालेका छन् । यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

