जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार ४ सय ९९ जनाको आरटी पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका हुन्।
त्यस्तै २ हजार २ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा संक्रमण भएका २३ जनाको मृत्यु भएको छ।
नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या ९२ सय भन्दा बढी छ।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

