
सामान्य त मुटुको धड्कन प्रतिमिनेट ६० देखि १ सय सम्म हुन्छ । सुतेको बेलामा मुटुको धड्कन घट्न सक्छ भने खेल खेल्दा वा ज्वरो आउँदा मुटुको धड्कन बढ्नसक्छ । यसलाई फिजियोलोजिकल धड्कन भनिन्छ । यस्तो अवस्थामा डराउनुपर्दैन । तर शरीरको आवश्यकता बिना नै मुटुको धड्कन बढ्ने वा घट्ने समस्यालाई प्याथोजेनिक मानिन्छ र यसको उपचारको आवश्यकता पर्दछ ।
जोखिम
शरीरको आवश्यकता विना नै मुटुको चाल १०० भन्दा बढी भएको अवस्थालाई ट्र्याकी एरेद्मीया भनिन्छ । ट्र्याकी एरेद्मीया पनि दुई किसिमको हुन्छ । एउटा मुटुको माथिल्लो कोठाबाट आएको र अर्को मुटुको तल्लो कोठाबाट आएको हुन्छ । मुटुको माथिल्लो भागबाट आएकोलाई सिप्रा भेन्ट्रिकुलर एरेद्मिया र मुटुको तल्लो भागबाट आएको समस्यालाई भेन्ट्रिकुलर एरेद्मिया भनिन्छ । मुटु चलाउन साइनस नोडले करेन्ट उत्पादन गर्न नसक्ने र उत्पादन भएको करेन्ट राम्रोसँग प्रवाह नभएमा मुटुको चाल कम हुन्छ । एबी नोडमा अवरोध भएमा मुटुको चाल कम हुने गर्छ । यो महत्वपूर्ण जंगसन हो यदि एबी नोडमा करेन्ट ब्लक भएमा माथिल्लो कोठाको करेन्ट तलको कोठामा जान पाउँदैन जसलाई हार्ट ब्लक भनिन्छ । यस्तो अवस्थामा मुटुको चाल एकदमै कम हुन्छ र ज्यान जाने खतरा समेत हुनसक्छ । जन्मजात (कन्जनाइटल हार्ट ब्लक), इन्फेक्सन, बुढेसकाल, हृदयघात आदिले मुटुको चालमा गडबडी ल्याउँछ ।
सामान्य रुपमा मुटुमा करेन्ट बग्ने बाटो बिराएर करेन्ट प्रवाह भएमा र मुटुमा अन्य तन्तुहरु सक्रिय भएर अनावश्यक करेन्ट उत्पादन भएमा मुटुको चाल बढी हुनसक्छ । मुटु ढुकढुक हुने,छाति दुख्ने, सास फेर्न गाह्रो, रिंगटा लागेर बेहोस हुन खोज्ने वा बेहोस हुने, बेहोस भएर ज्यान जानसक्नेमुटुको चाल गडबडीको संकेत हो ।
सडेन कार्डियाक डेथ

मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्यालाई सडेन कार्डियाक डेथ भनिन्छ । यस्तो अवस्थामा मुटुको धड्कन एक्कासी आवश्यकता भन्दा बढी हुन्छ र तत्काल उपचार नपाएमा ज्यान जाने निश्चित हुन्छ ।
सडेन कार्डियाक डेथमा मुटुको चाल अत्यधिक बढी हुन्छ । यस्तो अवस्थामा तुरुन्त सिपिआर (छाति थिचेर, स्वास प्रश्वासलाई हेल्प गरेर) गर्न नसकेको अवस्थामा बिरामीको तुरुन्त ज्यान जान्छ । सडेन कार्डियाक डेथ सिड्रोममा विकसित मुलुकमा समेत ९० प्रतिशत मानिसको मृत्यु हुने गर्दछ भने हाम्रो जस्तो मुलुकमा यो भन्दा पनि बढी हुने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
त्यसैले हामीले यसको जोखिम वर्ग पहिचान गरी रोकथामको उपाय अपनाउनुपर्छ । तर मुटुको पम्प गर्ने क्षमता कस्ता मानिसमा यसको जोखिम बढी हुन्छ भन्ने कुरा अझसम्म पत्ता लागिसकेको छैन । तर मेडिकल साइन्सले पत्ता लगाइकेका केही जोखिम वर्गहरु छन् जुन हामीले थाहा पाउनुपर्ने हुन्छ । जस्तै—मुटुको पम्प गर्ने क्षमता कम भएमा, मुटु अत्यधिक मात्रामा सुन्निने भएमा, परिवारमा कसैको एक्कासी बिना कारण मृत्यु भएमा, मुटुको आइवन लेवलमा समस्या भएमा सडेक कार्डियाक डेथ हुनसक्छ ।
के गर्ने ?
एब्लिएसन
मुटुको कोठामा विभिन्न तारहरु राखेर मुटुको चाल बढी बनाउने तन्तुहरु कहाँ छन् ? भनेर पत्ता लगाउनुपर्छ , यसलाई इलेक्ट्रोफिजियोलोजिकल अध्ययन भनिन्छ । करेन्ट बग्ने चोर तन्तुलाई जलाएर निष्क्रिय बनाउने पद्धतिलाई एब्लेसन भनिन्छ । एब्लेसन पद्धतिको उपचारले धेरैजसो मुटुको गडबडीसम्बन्धि मुटुको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ ।
थ्री डी म्यापीङ मार्फत जटील प्रकारको मुटुको चालसम्बन्धि रोगको उपचार गरिन्छ । यसमा मुटुको थ्री डी बनावट तयार पारिन्छ र जस्तोजुकै कठीन र जटीलसम्बन्धि गडबडी पत्ता लगाउन मद्धत पुग्छ र उपचारमा सजिलो हुन्छ ।
पेसमेकर
मुटुको चाल कम भएको बेला व्याकअप दिएर मुटु चलाउने स्वचालित यन्त्रलाई पेशमेकर भनिन्छ । यो छातिको छालाभित्र राखिन्छ । मुटुको चाल ठीक भएको अवस्थामा पेशमेकर चुप लागेर बस्छ । यो एउटा तार या दुइटा तार दुई प्रकारको हुन्छ । कसलाई कस्तो राख्ने भन्नेमा विशेषज्ञको सल्लाह बमोजिम गर्नुपर्ने हुन्छ । छातिको छालाभित्र राखिने पेसमेकरको मूल्य एकदेखि डेढ लाखसम्म पर्छ ।

आई.सि.डी.
एक्कासी मृत्युको जोखिम भएका मानिसमा विशेष किसिमको पेशमेकर (आईसिडी) जडान गर्नुपर्छ । आईसिडीले मुटुको अनियमित चाललाई करेन्ट दिएर ठीक पारिदिन्छ । यसले अकस्मात हुने मृत्युबाट जोगाउँछ । यो यन्त्र नराख्दा २० जनामा १९ जनाको ज्यान जाने सम्भावना हुन्छ । तर यो यन्त्र राखेमा २० जनामा १९ जनाको ज्यान जोगिने सम्भावना हुन्छ । यसको उपचार ४ देखि ५ लाख रुपियाँसम्म पर्छ ।

सि.आर.टी.
मुटुको काम गर्ने शक्ति कम भई सास फेर्न गाह्रो हुने समस्या भएमा विशेष किसिमको पेसमेकर सि.आर.टी.राख्नुपर्ने हुन्छ । यो साधारण पेसमेकर जस्तै छातिको छालाभित्र राखिन्छ जसमा तीन वटा तार हुन्छन् । सि.आर.टी. पेसमेकर राखेपछि बिरामीको सास फेर्न गाह्रो हुने समस्यामा सुधार आउँछ र मुटुको काम गर्ने शक्तिमा पनि सुधार आउँछ । यसको खर्च करिब ४ देखि ५ लाख रुपियाँ पर्दछ । (डा. राउत ह्याम्स र हेल्दी हार्ट क्लिनिकमा मुटुको चाल गढबडी हुने समस्याको विशेषज्ञ हुनुहुन्छ । )
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

