
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज मार्च ३ तारिख अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘जीवनभर सुन्नका लागि सुनाईको हेरचाह गरौँ’ भन्ने मुल नाराका विश्वभर जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
अडियो उपकरणको असुरक्षित प्रयोग एवं ध्वनि प्रदूषणबारे विश्वभरका मानिसहरुलाई सचेत गराउने उदेश्यले यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले बढ्दो बहिरापनाको समस्याबाट जनतालाई सचेत गराउने उदेश्यले सन् २००७ मा ‘विश्व श्रवण दिवस’ मनाउने घोषणा गरेको थियो । सुरुमा ‘इन्टरनेशनल इयर केयर’ को नाममा मनाउने घोषणा गरेपनि सन् २०१६ देखि ‘विश्व श्रवण दिवस’ को रुपमा मनाउन थालिएको हो ।
सन् २०५० सम्ममा विश्वभर २ अर्ब बढी मानिसहरु बहिरोपनाको समस्याबाट पीडित हुन सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । ति मध्ये झण्डै ७० करोड मानिसलाई उपचारको आवश्यकता पर्ने उनीहरुको भनाई छ ।
डब्लुएचओले सन् २०२१ मा जारी गरेको एक प्रतिवेदनका अनुसार विश्वभर ३६ करोडभन्दा बढी मानिसहरु श्रवणशक्ति गुम्ने समस्याबाट पीडित छन् । त्यस्तै हरेक २० मध्ये १ जनालाई बहिरोपनासम्बन्धि समस्या छ ।
कम श्रवण शक्तिका लक्षणहरू
- अरूको कुरा नबुझेर बारम्बार कुरा दोर्होयाउन अनुरोध गर्नु
- टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
- चराचुरुंगीको आवाज नसुन्नु
- कान कराउनु
- बोलेको सुन्नु तर नबुझनु
- अरूसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
- धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु
- रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु
श्रवन शक्ति कम हुन नदिने उपायहरु
- चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास, इयर प्लग को प्रयोग गर्ने
- मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगर्ने
- हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा सुन्ने
- जथाभावी सवारी साधनको हर्न नबजाउने
- ठुलो आवाज भएको ठाउँमा लामो समयसम्म नबस्ने
- नियमित व्यायाम गर्ने
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

