
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज मार्च ३ तारिख अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘जीवनभर सुन्नका लागि सुनाईको हेरचाह गरौँ’ भन्ने मुल नाराका विश्वभर जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
अडियो उपकरणको असुरक्षित प्रयोग एवं ध्वनि प्रदूषणबारे विश्वभरका मानिसहरुलाई सचेत गराउने उदेश्यले यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनले बढ्दो बहिरापनाको समस्याबाट जनतालाई सचेत गराउने उदेश्यले सन् २००७ मा ‘विश्व श्रवण दिवस’ मनाउने घोषणा गरेको थियो । सुरुमा ‘इन्टरनेशनल इयर केयर’ को नाममा मनाउने घोषणा गरेपनि सन् २०१६ देखि ‘विश्व श्रवण दिवस’ को रुपमा मनाउन थालिएको हो ।
सन् २०५० सम्ममा विश्वभर २ अर्ब बढी मानिसहरु बहिरोपनाको समस्याबाट पीडित हुन सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । ति मध्ये झण्डै ७० करोड मानिसलाई उपचारको आवश्यकता पर्ने उनीहरुको भनाई छ ।
डब्लुएचओले सन् २०२१ मा जारी गरेको एक प्रतिवेदनका अनुसार विश्वभर ३६ करोडभन्दा बढी मानिसहरु श्रवणशक्ति गुम्ने समस्याबाट पीडित छन् । त्यस्तै हरेक २० मध्ये १ जनालाई बहिरोपनासम्बन्धि समस्या छ ।
कम श्रवण शक्तिका लक्षणहरू
- अरूको कुरा नबुझेर बारम्बार कुरा दोर्होयाउन अनुरोध गर्नु
- टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
- चराचुरुंगीको आवाज नसुन्नु
- कान कराउनु
- बोलेको सुन्नु तर नबुझनु
- अरूसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
- धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु
- रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु
श्रवन शक्ति कम हुन नदिने उपायहरु
- चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास, इयर प्लग को प्रयोग गर्ने
- मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगर्ने
- हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा सुन्ने
- जथाभावी सवारी साधनको हर्न नबजाउने
- ठुलो आवाज भएको ठाउँमा लामो समयसम्म नबस्ने
- नियमित व्यायाम गर्ने
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
