हरेक वर्षझैं यो वर्ष पनि दशैं शुरु भइसकेको छ । हरेकको दशैंको योजना बनिसकेको छ । अरु बेला जतिसुकै दुःख भए पनि यो बेला राम्रो लगाउने र मीठो खाने प्रचलन छ । दशैं धार्मिक र सांस्कृतिक चाड हो । देवीको पूजा गर्ने, पशुवली दिने, देवीको प्रसादका रुपमा टीका, जमरा लगाउने चलन दशैंका धार्मिक पक्ष हुन् । नयाँ कपडा लगाउने, पीङ खेल्ने, चङ्गा उडाउने, आफन्तजनसँग भेटघाट गर्ने जस्ता चलन साँस्कृतिक पक्ष हुन् । हिन्दूहरु धार्मिक र सांस्कृतिक पक्षहरुलाई महत्व दिन्छन् ।
हुन त जहिले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । अझ चाडपर्वका बेला खानपानमा एकदमै होशियार हुन आवश्यक पर्छ । यो बेला अलि धेरै खानपानका परिकार हुने कारण समस्या ल्याउने सक्ने संभावना रहन्छ । त्यसैले सफा, स्वच्छ र ताजा खानेकुराको मात्र सेवन गर्नुपर्छ । नपाकेको जथाभावी खानेकुरा खान हुँदैन । सिमित मात्रामा खाद्य परिकारहरु खानुपर्छ । धेरै बोसो र चिल्लोयुक्त खानेकुरा खानाले विभिन्न शारीरिक समस्या ल्याउन सक्छ । चाडवाडको समयमा सन्तुलित भोजन आवश्यक पर्छ ।
मुटु स्वस्थ राखौँ
धेरै चिल्लोयुक्त खानाले कहिल्यै पनि फाइदा गर्दैन । चाडवाडमा धेरै चिल्लो खानेकुराको प्रयोग गरिने भएकाले अलि होसियार हुन आवश्यक पर्छ । यसले दीर्घकालीन रुपमा शरीरमा कोलेस्टेरोलको मात्रा बढाउनसक्छ । कोलेस्टेरोलले मुटुमा सिधै प्रभाव पार्छ । यसले मुटुको धमनीे भित्र रगत प्रवाह हुने नली साँघुरो बनाउँछ । यदि धमनीमा रक्तप्रवाह रोकिएमा हृदयघात हुनेलगायत मुटुसम्बन्धि विभिन्न रोग लाग्नसक्ने वरिष्ठ मुटु रोग विशेषज्ञ यादव भट्ट बताउनुहुन्छ । । यद्यपी तारेका खानेकुरामा कम गर्नुपर्छ । त्यसैले ताजा फलफूल र सागपातको धेरै सेवन गर्नुपर्छ । यसले मुटु स्वस्थ राख्न मद्दत गर्ने डा. कोइरालाको सुझाव छ । यसका साथै नियमित शारीरिक व्यायामले पनि मुटु स्वस्थ्य राख्न सहयोग गर्छ ।
धेरै अल्कोहल सेवन नगरौं
चाडपर्वमा धेरै मद्यपान गर्ने प्रचलन छ । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । धेरै रक्सी पिउनाले उच्च रक्तचाप, कलेजो, पेटको समस्या ल्याउनसक्ने नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भारत रावत बताउनुहुन्छ । धेरै अल्कोहलको सेवनले युरिक एसिड बढाउन मद्दत्त गर्छ । रेड वाइन पिउनाले मुटुको धमनीमा रगत जम्ने संम्भावना कम हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । त्यसैले एक दिनमा करिब १ सय ५० मिलिग्राम रेड वाइन पिउन सकिने बताइन्छ । तर पेट र कलेजोका बिरामीहरुले मद्यपान सधैँका लागि त्यत्नु वेश हुन्छ ।
मासुमा ध्यान दिने
चाडवाडमा धेरै मासुको सेवन हुने गर्छ । यो बेला धेरै दिनअघि देखि मासुका विभिन्न परिकारहरु बनाएर राख्ने प्रचलन छ । यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने डा. रावत बताउनुहुन्छ । मासुलाई राम्ररी पकाएर मात्र खानुपर्छ । मासुलाई राम्ररी पकाउँदा टोक्सोप्लाज्मा जस्ता मासुजज्य रोगबाट बच्न सहयोग मिल्छ । धेरै बोसोयुक्त मासुका परिकार स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मासुका परिकार बनाउँदा रातो मासुभन्दा सेतो मासु प्रयोग गर्त उपयुक्त मानिन्छ । कुखुरा, हाँस, माछाको मासु सेतो हुने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ । खसी, बोका राँगाको मासु रातो हुने भएकाले स्वास्थ्यलाई त्यति राम्रो गर्दैन । यसका साथै जनावरका भित्री अंगको मासु तारेर खान स्वास्थ्यका लागि त्यति फाइदाजनक मानिदैन । त्यसैले बढी पोलेका र डढेका मासुका परिकारले क्सान्सर उत्पन्न गराउने संम्भावना रहने चिकित्सकहरु बताउँछन् ।
मासु सुरक्षित राख्न नसक्दा यसमा विभिन्न किसिमका परजीविको संक्रमण हुने संभावना हुन्छ । केही समयअघि नेपालमा भएको अध्ययनमा जनावरको मासुमध्ये ८० प्रतिशत बंगुरको मासु टोक्सोप्लाज्मा गोन्डिल परजीवीबाट संक्रमति हुने गरेको उल्लेख छ । खसी बोकाको मासुमा ७० प्रतिशत, राँगाभैँसीको मासुमा ६५ प्रतिशत र कुखुराको मासुमा ४१ प्रतिशत परजीवि भेटिएको थियो । यसैगरी उपत्यका लगायतका जिल्लामा पंक्षीहरुमा लाग्ने बर्ड फ्लुको संक्रमण अत्यधिक देखिएको छ । त्यसैले कुखुरा, हाँस तथा परेवाको मासु राम्ररी पकाएर मात्र खान उचित हुन्छ ।
जमरा स्वास्थ्यमा लाभ
हिन्दूहरुको महानचाड वडादशैँमा जमराको प्रयोग हुने गर्छ । हिन्दु संस्कृति अनुसार दशैंँमा टीकासँगै जमरा लगाउने प्रचलन छ । जमरालाई दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट लगाउने गरिन्छ । परापूर्वकालदेखि गौं/जौलाई बालुवामा ९ दिनसम्म उमारेर चण्डी पाठ गरेर विजया दशमीको दिन प्रयोग गरिन्छ । जमरा स्वास्थ्यका धेरै राम्रो मानिन्छ ।
जमराको सर्वत सेवन गर्दा छाला चम्किलो हुन्छ र शरीरबाट निस्क्ने गन्ध पनि हटाँउछ । जमराले रोग प्रतिरोधात्मक क्षमता र आँखाको ज्योति बढाउँछ । जमराको रस प्रयोग गर्नाले यौन तथा प्रजनन शक्ति बढाउन मद्दत गर्छ । घाउ, खटिरा निको पार्नुका साथै जमराले कोषिकाहरुलाई पनुर्ताजकिरकण गराउँछ । जमरामा क्याल्सियम हुन्छ । त्यसैले दाँत र हड्डी मजबुत बनाउँछ । यसमा आइरन पाइने भएकाले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । जमराको सर्वत खाने गर्दा मृर्गौलाको फिल्टर प्रक्रियालाई सहज र विभिन्न मुत्र रोग निको पार्छ । महिनावारी, गर्भवती र पाठेघरमा हुने सबै किसिमका समस्याका लागि जमरा हितकर मानिन्छ । जमराले व्यक्तिको सुन्दरता बचाइराख्न र बूढ्यौलीमा हुने समस्याको रोकथाम गर्छ । यसले जोर्नीमा श्लेष्म तत्व वृद्धि गर्छ । हाडजोर्नीको दुखाई, बाथरोग, हड्डी खिइने जस्ता समस्या न्यूनिकरणमा मद्दत गर्छ । जमरा अक्सिजनको लागि पनि राम्रो स्रोत मानिन्छ । रगतमा ताजा अक्सिजनको स्तरलाई बढाई उर्जाको संञ्चार गर्न जमराको भूमिका महत्वपूर्ण छ ।
जौ को जमरामा एमिनो एसिड, १३ प्रकारका मिनरल्स र भिटामिन पाउन सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले जमरा पाचनयोग्य प्रोटिनको स्रोत पनि हो । जमराको सेवन गर्नाले पाचन प्रणाली, रक्तसञ्चार, श्वासप्रश्वास, यौन तथा प्रजनन र रोग प्रतिरोधात्मक प्रणालीमा हुने समस्यालाई न्यूनिकरण गर्न मद्दत्त पु¥याँउछ । जमराको धार्मिक तथा पौराणिक महत्वका साथै मानव स्वास्थ्यमा पनि उत्तिकै लाभकारी मानिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ