त्रि.बि.शिक्षण अस्पतालको आकस्मिक कक्षमा दैनिक डेढ सय बिरामी दैनिक आउने गरेका छन् । आकस्मिकमा शैया नपाएर एउटै बेडमा दुई जना राखेर पनि उपचार गर्नुपर्ने बाद्यता छ । कतिपयलाई ट्रलीमा सुताएर उपचार गर्नुपर्छ । यो चाहिने भन्दा धेरै चाप हो । अहिले त्रि.बि.शिक्षण अस्पतालको इमर्जेन्सी विभागमा ७० वेड रहेको छ ।
अस्पताल आएका सबै बिरामी भर्ना गर्न सकिँदैन । किनभने अस्पतालमा सिमिति वेड छन् । बिरामीको चाप अनुसार वेडको सुविधा छैन । अस्पताल आइसकेपछि बाहिर जान अधिकांश बिरामीहरुलाई सहज पनि छैन ।
पहुँचबाहिर बिरामी
त्रि.बि.शिक्षण अस्पतालमा जम्मा बेड संख्या ६ सय ६३ रहेको छ । ओपिडी बिरामी दैनिक २ हजारको हाराहारीमा हुने गरेको छ । त्यसबाहेक करिब ५ सयले इक्सटेन्डेड हेल्थ सर्भिस (इएचएस) मा ओपिडि सेवा लिने गर्छन् । करिब दैनिक १ सय जना डिस्चार्ज र १ सय बिरामीको भर्ना हुने गर्छ ।
कति वेड भएमा बिरामीको चाप धान्न सक्छौं ? भन्ने कुरा अनुमान गर्न गा¥ह«ो छ । जति भएपनि पुग्दैन । अस्पताल आएका बिरामीहरु क्षमताको पहुँचभन्दा बाहिर छन् ।
कसरी कम गर्ने चाप ?
देशका विभिन्न ठाउँमा सुविधासम्पन्न हस्पिटल बनाउनुपर्छ । ति ठाउँमा चिकित्सक जाने वातावरण बनाउनुपर्छ । ठाउँ अनुसार इन्टेन्सिभ दिनुपर्छ । अनि मात्र काठमाडौंमा आउने बिरामीको चाप न्यूनिकरण गर्न सकिन्छ ।
समुदायमा स्वास्थ्य सेवाको पहुँच
समुदायमा ९० प्रतिशत मानिसको बसोबास छ । तर स्वास्थ्य सेवा ९० प्रतिशत शहरी क्षेत्रमा मात्र केन्द्रित छन् । यद्यपी स्वास्थ्य सेवाको पहुँच र जनसंख्याको अनुपात उल्टो छ । त्यसैले समुदाय तहमा स्वास्थ्य सेवाको पहुँच बढाउन जरुरी छ ।
खै जनशक्ति ?
अस्पतालाई अझ शसक्त बनाउन जनशक्तिको आवश्यक छ । सरकारले दरबन्दी बढाउनुपर्छ । अस्पतालमा सेवा सु्विधा थपेर मात्र हुँदैन । जनशक्तिको दरबन्दीको पनि राम्रो व्यवस्था गर्नुपर्छ । आन्तरिक श्रोतबाट तलब खुवाउन अस्पतालले पनि कमाउनुपर्छ । यस्तो अवस्थामा अस्पतालको सेवा र सुविधा महँगो हुन्छ ।
नेपालको सरकारी तथा अर्ध सरकारी अस्पतालहरुमा दरबन्दीको सुनिश्चितता गर्नुपर्ने आवश्यकता छ ।
कता छ सरकार ?
अहिलेसम्म त्रि.बि.शिक्षण अस्पतालको समस्याबारे सरकारले सोधेको छ ? भन्ने प्रश्न पनि आउँछ । तर मलाई अहिलेसम्म कसैले पनि सोधेका छैनन् । मैले समस्याबारे पटपटक अवगत गराइरहेको छु । अहिले त्रि.बि.शिक्षण अस्पतालमा दरबन्दीको अभाव छ । यो अस्पताल त्रि.बि.शिक्षण अस्पताल शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित निकाय हो । यहाँ सम्पूर्ण सेवा उपलब्ध छ ।
त्रि.बि.शिक्षण अस्पतालको सेवाको स्तर विकासका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत नेपाल सरकारले जिम्मेवारी लिनुपर्छ । यो जनशक्ति उत्पादन गर्ने अस्पताल पनि भएकाले शिक्षामन्त्रालय, विश्वविद्यालय अन्तर्गत नेपाल सरकारले स्तरीय जनशक्ति उत्पादन गर्ने, रिसर्च र एकेडेमिकको गुणस्तर बढाउन जिम्मेवारी लिनुपर्छ ।
स्वास्थ्य र शिक्षाको जुहारीले पीडित
तर स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको जुहारीका कारण त्रि.वि.शिक्षण अस्पतालको स्तर विकास हुन सकेको छैन । शिक्षा मन्त्रालयले अस्पताल भएकाले यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिनुपर्ने बताउँछ । स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयअन्तर्गत भएकाले यसको जिम्मेवारी शिक्षा मन्त्रालयले लिनुपर्ने बताउँछ । यसले यो अस्पताल सा¥ह«ै पीडित छ ।
अस्पताल ठूलो भएर मात्र हुन्न
त्रि.बि.शिक्षण अस्पताल देशको ठूलो र उत्कृष्ठ अस्पताल हो । यो अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत नभएपनि मन्त्रालय अन्तर्गतका सबै अस्पतालको तुलनामा धेरैलाई सेवा दिने अस्पतालमा पर्छ । सम्पूर्ण विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिने सरकारको कार्यक्रम धान्न सक्ने यो पूर्ण अस्पताल हो । बीर अस्पतालमा पेडियाट्रिक विभाग, आँखा विभाग, प्रशुति विभाग छैन । अस्पताल ठूलो मात्र भएर हुँदैन । सेवा विभाग नभएपछि कसरी सेवा दिन सकिन्छ ?
सोलार रकम नपाउँदा समस्या
यस अस्पतालमा दैनिक १.४ मेगा वाट्स बिजुली खपत हुन्छ । यसमा दैनिक एक लाख १५ हजार रपियाँ जति खर्च हुन्छ । यसलाई कम गर्न सोलार राख्न तीन तहमा विभाजन गरेर काम शुरु गरिएकोमा पहिलो तहको काम सकिएको छ । दोस्रो र तेस्रो तहको काम गरेको रकम नपाउँदा धेरै समस्या भएको छ । यता उर्जामा देशको पैसा खर्च नभएर बसिरहेको छ ।
सोलारको फाइदा
यो अस्पताललाई सोलारको सुनिश्चितता गर्न सकेमा ७०—८० प्रतिशत विजुलीको खपत कम गर्न सकिन्छ । यो देश, जनता र वातावरणका लागि राम्रो हो । अहिले त्रिवि शिक्षण अस्पतालका छत खाली छन् । यसप्रति सरकारले चासो देखाउनुपर्छ । यो राज्यको जिम्मेवारी हो । सोलारका लागि वातावरण मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा धाइरहेको छु । तर समाधान हुन सकेको छैन । दैनिक बिजुलीमा हुने खर्च बचाउन सकेमा अस्पताललाई अझ व्यवस्थित बनाउन सकिन्छ ।
सहयोगको अपेक्षा
दुर्गमका अधिकांश विपन्न नागरिकको पहुँच हुँदैन । यो अस्पताल गरिब जनताका लागि हो भन्ने सबैले बुझ्न जरुरी छ । अस्पताल सुव्यवस्थितका लागि सबै राजनीतिक नेताहरुले पहल र सहयोग गर्नुपर्छ । यसप्रति सरकार गम्भिर हुनुपर्छ र सम्बन्धित निकायलाई जिम्मेवारी सुम्पिनुपर्छ । यसबाट सफलता प्राप्त गर्न सकिन्छ । नीति तर्जुमा गरेर कार्यक्रम सफल बनाउन सरकारको सहयोग बिना सम्भव हुन सक्दैन । निजीलाई त सरकारको सहयोग जरुरत पर्छ भने सरकारीलाई सरकारकाले सुनिश्चितता गर्नैपर्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
जनस्वास्थ्य वहस
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
