नेपाल हेल्थ न्युज, काठमाडौं । पोलियो रोग पोलियो नामक भाइरसबाट हुने खतरनाक सरुवा रोग हो । यो रोगले मस्तिष्क र मेरुदण्डलाई असर गर्न सक्छ, जसले पक्षघात र सास फेर्न गाह्रो हुने जस्ता अवस्था निम्त्याउन सक्छ । गम्भीर अवस्थाहरूमा यसले व्यक्तिको मृत्यु पनि निम्त्याउन सक्छ । यस रोगको बारेमा जनचेतना बढाउन हरेक वर्ष २४ अक्टोबरमा विश्व पोलियो दिवस मनाइन्छ । यस लेखमा यो दिवस मनाउनुको उद्देश्य, यसको महत्व, इतिहास र सन् २०२४ को विषयवस्तुबारे जानकारी गराउन खोजिएको छ ।
पी वन, पी टु र पी थ्री गरी पोलियोका तीन प्रकार हुन्छ । यो रोग लागेमा बिरामीलाई अतिशिघ्र लुलो पक्षघात हुनुका साथै कहिलेकाँही यसले मृत्युसमेत गराउनसक्छ । विश्वव्यापी रुपमा यो रोगलाई पूर्ण उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

सन् २०१० अगष्टदेखि हालसम्म नेपालमा कुनै पनि पोलियो रोगी देखापरेको छैन ।
रोगीको दिसाबाट दुषित भएको खाना र पानीको माध्यमबाट यो रोग स्वस्थ्य व्यक्तिमा सर्दछ । पोलियो रोगीलाई शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने, ज्वरो आउने, पातलो दिशा लाग्ने, टाउको र पेट दुख्ने जस्ता हल्का लक्षण देखिन्छ । मांशपेशी दुख्ने र लुलोपनाका कारण लक्षणहरु देखापर्ने पक्षघात हुने, अतिशिघ्र लुलो पक्षघात एउटा वा दुवै खहात खुट्टामा वा अन्य अंगमा पनि हुनसक्छ ।
यसले एकैपटक धेरै मानिसलाई संक्रमण गर्ने भएपनि सबैमा लक्षण देखा नपर्नसक्छ । तर लक्षण नदेखिएका व्यक्तिबाट पनि रोग सर्नसक्छ । पोलियो रोगको कुनै विशेष उपचार छैन तर यो रोगबाट बच्न सुरक्षित र प्रभावकारी खोप उपलब्ध छन् । यस रोगबाट बच्न नियमित तालिका अनुसार पोलियो रोग विरुद्धको खोप (पोलियो थोपा र सुईबाट दिने पोलियो खोप एफआईपिभी) अनिवार्य रुपमा लिनुपर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णको भनाइ रहेको छ ।
विश्व पोलियो दिवस किन मनाइन्छ ?
यस दिवसको माध्यमबाट प्रत्येक बालबालिकालाई विनाशकारी पोलियो रोगबाट जोगाउन पोलियो खोपको महत्वबारे जनचेतना जगाउन जोड दिइएको छ । यो दिवसले पोलियो रोग उन्मूलन गर्न र विभिन्न संघ संगठनहरूद्वारा यसको रोकथाममा धेरै महत्वपूर्ण भूमिका खेल्छ । यस दिन विश्वभरका विभिन्न स्वास्थ्यसम्बन्धि संघ संगठनहरूले पोलियो विरुद्धको विश्वव्यापी लडाईमा संलग्न व्यक्ति, संस्था र पोलियो भाइरसलाई पूर्ण रूपमा निर्मूल पार्ने प्रयासको सम्झना गर्दछन् ।
यो दिन मानिसहरूलाई सचेत गराउने प्रयास गरिन्छ ।

विश्व पोलियो दिवस २०२४ को नारा
विगत केही वर्षदेखि विश्व पोलियो दिवसको एउटै नारालाई पछ्याउँदै आएको छ । त्यो हो ‘आमा र बालबालिकाको स्वस्थ भविष्य’ । यो विषयवस्तुले बालबालिकामा पोलियो उन्मूलनको लडाइँलाई उत्प्रेरित गरेको छ । साथै, यसले आमाहरूको लागि स्वस्थ भविष्य प्रदान गर्ने महत्व बताउन भूमिका खेलेको छ ।
विश्व पोलियो दिवसको इतिहास
चिकित्सा अनुसन्धानकर्ता जोनास साल्कको जन्मदिनको सम्झनामा रोटरी इन्टरनेशनलले पहिलो पटक विश्व पोलियो दिवस मनाएको थियो । उनले पोलियो खोप विकास गर्ने टोलीको नेतृत्व गरे । सन् १९५५ मा उनले निष्क्रिय पोलियोभाइरस खोप विकास गरे । त्यसपछि सन् १९६२ मा अल्बर्ट सबिनले ओरल पोलियो खोप सिर्जना गरेका थिए ।
नेपालले सन् १९९६देखि राट्रिय खोप दिवसका रुपमा पुरक खोप कार्यक्रम शुरु गरेको थियो । राष्ट्रिय खोप दिवसमा मुखबाट दिइने ३ प्रकार कै प्रजातिविरुद्ध समावेश भएको पोलियो खोप प्रयोगमा ल्याइयो । त्यसपछि लगातार २० वर्षसम्म ५ वर्षमुनिका सबै बालबालिकालाई लक्षित गरी देशभर २ चरणमा पोलियोखोप अभियान सञ्चालन गरिएको थियो । यी अभियानहरुको समग्र कभरेज ९५ प्रतिशत भन्दा बढी रहेको छ । सन् २०१० देखि नेपाल पोलियो शून्य अवस्था कायम गरी सन् २०१४ मा पोलियोमुक्त राष्ट्र घोषणा भएको थियो । त्यो बेला विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपाललाई पोलियोमुक्त राष्ट्रका रुपमा प्रमाणिकरण गरेको थियो ।
तत्पश्चात् सन् २०१६ देखि पुरक खोप कार्यक्रम सञ्चालन गरिएको छैन । नेपालले आफ्नो पोलियोमुक्त स्थिति आजसम्म कायम राखेको छ । सन् २०१० मा रौतहटमा ५ जना र महोत्तरीमा १ जनालाई पोलियो देखियएता अन्य मानिसमा देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विस्तृत वहुवर्षिय योजना २०१६—२०२१ मा सन् २०१० सम्म १३ जिल्लाका ३२ जनामा वाइल्ड पोलियो भाइरस देखिएको थियो । सन् १९९९ मा बाँकेमा १ र सप्तरीमा १, सन् २००० मा सिराहामा १ र धनुषामा १, रौतहटमा १ र महोत्तरीमा १, सन् २००५ मा सर्लाहीमा १ र रौतहटमा १, सन् २००६मा दैलेखमा १, कपिलवस्तुमा १, पर्सामा २ र रौतहटमा १, सन् २००७ मा सिरहामा १ र धनुषामा १, सन् २००८ मा रौतहटमा १, सर्लाहीमा १, धनुषामा १, बाजुरामा १, बर्दियामा १ र रुपन्देहीमा १, सन् २०१० मा महोत्तरीमा १, रौतहटमा ५ गरी जम्मा १३ जिल्लाका ३२ जनामा पोलियो भाइरस देखिएको थियो ।
हालैका महिनाहरूमा यो गम्भीर रोगका केसहरू नेपालका नजिकैका देशहरुमा फेरि देखिएका छन्, जसले पोलियोको खतरालाई फेरि ध्यान केन्द्रित गराएको छ । हाल पोलियोका घटनाहरू अफगानिस्तान र पाकिस्तानमा मात्रै देखिएका हुन ्। सन् २०२३ मा दुवै देशमा गरी ६ वटा सङ्क्रमण देखिएका थिए । यो वर्ष पाकिस्तानमा ३९ र अफगानिस्तानमा २२ वटा सङ्क्रमणका घटना देखिएका छन् ।
यो एक घातक रोग हो, जसलाई सन् १९८८ मा आयोजित विश्व स्वास्थ्य महासभाले विश्वबाट पोलियो रोग उन्मुलन गर्ने निर्णय गरेको थियो । जतिखेर १२५ देशमा ३५०,००० पोलियोका विरामी देखिएका थिए ।

वर्षौदेखि व्याप्त पोलियो रोगको बोझ कम गर्न पोलियो उन्मुलनका लागि समय सीमा विस्तार गर्दै विभिन्न क्रियाकलपहरु गरिए । त्यसपछि सन् २०१७ मा ७१ औं विश्व स्वास्थ्य महासभाले पोलियोमाइलाइटिस तथा संक्रमणकालीन पोलियोजना तर्जुमा गर्ने निर्णय गर्यो । यसका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकले उक्त सभामा संक्रणकालीन पोलियो योजना पेश गरेका थिए । यसैगरी मानिर्देशकले पुनः अप्रिल २०२२ मा ७५ औं विश्व स्वास्थ्य महासभा समक्ष संक्रमणकालीन पोलियो योजना र पोलियो उन्मुलन पश्चात्को प्रमाणीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका थिए । यस प्रतिवेदनले संक्रमणकालीन पोलियोजनाको प्राथमिकतामा परेका १६ वटा राष्ट्रहरुमध्ये नेपाल पनि एक रहेको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

