
नेपाल हेल्थ न्युज, बैतडी । बैतडीमा खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
डिलासैनी गाउँपालिका २ छेपट्टाका मुकेश रानाका २ महिने छोरा आदर्शको बुधबार मृत्यु भएको थियो । डिलासैनी ३ स्थित सिमार वर्थिङ सेन्टरमा नियमित खोप कार्यक्रम अन्तर्गत उनलाई डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो भने ओपीभी र रोटा डोज खुवाइएको थियो ।
खोप लगाइसकेपछि उनलाई दिउँसो ३ बजेदेखि ज्वरोसँगै राती र्याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । गोकुलेश्वरमा उपचार नभएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुव रानाले बताउनुभयो ।
घटनापछि आक्रोशित स्थानीयले दिउँसो १२ बजेदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अवरुद्ध पारेका छन् । घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध पारिएको ध्रुवले बताउनुभयो।
सोही विवरणका डोजहरू अघिल्लो दिन पनि केही बालबालिकाहरूलाई लगाइएकोमा केही समस्या नआएको डिलासैनी ३ स्थित रुद्रेस्वर स्वास्थ्य चौकीका इन्चार्ज सन्जु बोहराले बताउनुभयो । स्वास्थ्य कार्यालय बैतडीले शवको पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


