
नेपाल हेल्थ न्युज, धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।
उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक डोटी शिखर नगरपालिका ११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् ।
उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । धनगढी उपमहानगर(५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


