
नेपाल हेल्थ न्युज, वीरगन्ज । वीरगंजका अस्पतालहरूमा रगतको अभाव भएपछि रक्तसञ्चार केन्द्रले विभिन्न सामाजिक संघ संस्थालाई रक्तदान गर्न अपिल गरेसँगै आज वीरगञ्जको दुई स्थानमा सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा १ सय ६७ जनाले रक्तदान गरेका छन् ।
जाडो बढेसँगै वीरगंजमा रक्तदान गर्ने रक्तदाताहरुको सङ्ख्या घट्दै गएको र अस्पतालहरूमा रगतको अभाव हुन थालेपछि रक्तसञ्चार केन्द्र वीरगंजले रक्तदान गर्न विभिन्न सामाजिक संघ संस्थाहरूलाई सार्वजनिक अपिल गरेको केन्द्रका प्रमुख सौरभराज पाण्डेले बताउनुभयो ।
केन्द्रको अपिलपछि आज आकस्मिक रुपमा सिद्धार्थ बैङ्क वीरगन्ज र प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टले छुट्टाछुट्टै स्थानमा आयोजना गरेको कार्यक्रममा ६ महिलासहित १ सय ६७ जनाले रगत दान गरेको प्रमुख पाण्डेले बताउनुभयो ।
सिद्धार्थ बैङ्कको २२औँ वार्षिकोत्सवको अवसर पारेर आज नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजित कार्यक्रममा दुई जना महिलासहित ६३ जनाले रक्तदान गरेका थिए
त्यस्तै, प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टको सातौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा ४ महिलासहित १०४ जनाले रक्तदान गरेको पाण्डेले बताउनुभयो ।
रक्तदान कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, नेपाल औषधि व्यवसायी संघ पर्साका अध्यक्ष ताजुदिन अन्सारी, विश्वराज गौतम, प्रमोद सर्राफ, मुकेश प्रसाद लगायतको सहभागिता रहेको थियो । ध्रुब अधिकारी/ रेडियोनेपाल
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

