सबै जनतालाई स्वास्थ्यमा पहुँच पु¥याउने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हो । कोही पनि स्वास्थ्योपचारबाट बञ्चित हुन हुँदैन । सबैले आधारभुत स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकार हो । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप, परिवार नियोजन, क्षयरोग, आामा सुरक्षालगायत धेरै छन् । अहिले सरकारले धेरै पैसा खर्च हुने केही असाध्य रोगमा सहयोग गरेको छ । विपन्न नागरिकका लागि औषधोपचार खर्च दिएको छ । डायलाईसिस र मिर्गौैला प्रत्यारोपण सेवा निःशुल्क छ ।
जनतालाई स्वस्थ्य गराउन राज्यले लगानी गरेको छ । सक्षम र दक्ष जनशक्ति नभई देशको विकास हुन सक्दैन । यसमा सरकारले अझै लगानी बढाउनुपर्छ । सर्वसाधारणले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले उचारात्मक सेवालाई जोड दिएका छन् । उनीहरुको सेवा सुलभ बनाउन गृहकार्य भइरहेको छ । जिल्ला, क्षेत्र, विभाग र मन्त्रालयमा दर्ता भएका अस्पतालहरुको सम्बन्धित संस्थामा रेकर्ड छ । गत माघदेखि दर्ता प्रक्रियालाई सक्रियताका साथ अघि बढाएको छ । सबैलाई दर्ता प्रक्रियामा ल्याउने कार्य भइरहेको छ । प्रतिस्पर्धा बढेपछि जनताले गुणस्तरीय सेवा सुलभ मूल्यमा प्राप्त गर्न सक्छन् ।
औषधिको मूल्य, शल्यक्रियाको शुल्क तोक्ने कुरामा पनि वर्कआउट भइरहेको छ । बिरामीको ओपिडी शुल्क तोकिएको छ । तर त्यो भन्दा बढी शुल्क विभिन्न बहानामा लिएको अवस्था छ । ओपिडी शुल्क ४ सय ७५ रुपियाँ र स्वास्थ्य सेवा कर ५ प्रतिशत जोडेर लिन पाउने व्यवस्था छ । नाम चलेका केही अस्पतालहरुले १ हजार ५० रुपियाँसम्म ओपिडी शुल्क लिने गरेको पाइएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवा’ हाम्रो चाहना हो । गुणस्तरीयताका लागि न्यूनतम मापदण्ड तोकेका छौं । अहिले ग्रेडिङ गर्नुपर्ने आवश्यकता छ । भारतको मेदान्तामा काम गर्ने एकजना डाक्टरले मलाई एकपटक भनेको थिए—‘नेपाली बिरामीहरु झरना हेर्न र सोफामा बस्न आउँछन् । भारतको जस्तो राम्रो उपचार नेपालमा छ । तर उनीहरुले काम गर्ने ठाउँमा त्यस किसिमको वातावरण छैन जसले सेवा प्रदायकसँगको विश्वसनियता कम हुन्छ ।’
नेपालमा विभिन्न सामाजिक र आर्थिकस्तरका जनता छन् । सम्पन्नबाट लिएको पैसाले विपन्नले निःशुल्क सेवा प्राप्त गरोस् भन्ने हाम्रो चाहना हो । विगतमा स्वास्थ्य मन्त्रालयले प्रिभेन्टिभ र प्रोमोटिभ हेल्थ केयरमा आफ्नो ध्यान केन्द्रित ग¥यो । यसले अहिलेसम्म राम्रो उपलब्धी हाँसिल भएको छ । आज विश्व सामु गौरव गर्ने एउटै कुरा हो—‘नेपालमा मातृ मृत्युदर, बाल मृत्युदर घटेको छ । जनसंख्याको वृद्धिदर कम भएको छ । औषत आयु बढेको छ ।’
हामीले उपचारात्मक सेवाको विस्तार गर्न सकेका छैनौं । वेड संख्या विस्तार गर्न सकेका छैनौं । यो हाम्रो कमजोरी हो । गाउँमा अस्पताल र विशेषज्ञ सेवा पु¥याउन सकेको अवस्थामा काठमाडौंमा हुने बिरामीको अत्यधिक चाप घट्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
जनस्वास्थ्य वहस
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
