
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले आगामी माघ २२ गतेदेखि करिब १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपिभी खोप' अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार, १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई फागुन ६ गतेसम्म खोप दिइनेछ ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइँदै छ ।
डा. गौतमका अनुसार यो खोप ह्युमन प्यापिलोमा भाइरबाट हुने पाठघेरको मुखको क्यान्सरबाट सुरक्षित गर्छ । डा. गौतमका अनुसार यो खोप एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सरबाट हुनबाट सुरक्षित गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भन्दै प्रमाणित खोप मात्र नेपालमा खरिद आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ ।
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


