
नेपाल हेल्थ न्युज, काठमाडौँ । भाइरल बाल गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। उनको ५ दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हाँस्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


