
नेपाल हेल्थ न्युज, विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार पाउने विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई पत्राचार गरेको छ ।
मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले सबै निजी अस्पताललाई त्यसका लागि गरिएको बताउनुभयो । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल श्ययाको १० प्रतिशत श्यया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
यस्तै, निःशुल्क तथा आंशिक सेवा लिने बिरामीको व्यवस्थित रुपले अभिलेख राख्ने र सोको विवरण मासिक, चौमासिक र वार्षिक रुपमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्नुपर्ने व्यवस्था छ । यसका साथै निःशुल्क तथा आंशिक सेवा लिएका व्यक्तिहरुको विवरण देखिनेगरी टाँस्नुपर्ने व्यवस्था पनि छ ।
उल्लेखित व्यवस्थाबमोजिमको कार्य नगरेको र नगराइएको अवस्थामा स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को परिच्छेद ११ मा सञ्चालन अनुमति नवीकरण हुन नसक्ने अवस्था र खारेजीसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।
“अस्पतालमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गरेको विवरण, अभिलेख तथा प्रतिवेदन मासिक, चौमासिक र वार्षिक रुपमा तयार गरी सम्बन्धित निकायमा पेस गरेको प्रमाणित कागजात सात दिनभित्र यस मन्त्रालयमा पेस गर्नु हुन आदेशानुसार अनुरोध छ”, पत्रमा लेखिएको छ । रासस
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
