
नेपाल हेल्थ न्युज, कालीकोट । हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान कार्यालय जाने तरखरमा रहेका उहाँको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।
सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेको थियो । उहाँकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताउनुभयो। उहाँले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताउनुभयो । रासस
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


