
नेपाल हेल्थ न्युज, डडेल्धुरा । डडेल्धुरामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्या बढ्दै गएको छ । विगतको तुलनामा अहिले जिल्लामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड डडेलधुराले जनाएको छ ।
०७६ साल फागुनदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा अहिलेसम्म २५ हजार नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका हुन । स्वास्थ्य बिमा बोर्ड डडेल्धुराका अनुसार बिमा गर्नेमा सबैभन्दा बढी अमरगढी नगरपालिकाका नागरिक रहेका छन् ।
अन्य पालिकाका नागरिकहरू बिमामा आवद्ध रहेका स्वास्थ्य बिमा बोर्ड डडेल्धुराका प्रमुख देवराज जोशीले बताउनुभयो । नागरिकहरू स्वास्थ्य बिमा गर्दाका फाइदाबारे जानकार भएपछि अहिले दिनप्रतिदिन बिमामा आवद्ध हुनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
स्वास्थ्य बिमाप्रति ग्रामीण भेगमा रहेका नागरिकहरूको आर्कषण बढाउन जनचेतनामूलक कार्यक्रमहरू तथा बिमाको फाइदाहरूबारे जानकारी दिने गरेको समेत प्रमुख जोशीले जानकारी बताउनुभयो ।
पाँच जना सदस्य रहेको परिवारले तीन हजार पाँच सयमा स्वास्थ्य बिमा गर्न पाउने व्यवस्था छ । बिमा बापत एक लाख बराबरको वार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ । यस्तै, पाँच जना भन्दा बढी सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थपेर बिमा गर्न पाइन्छ भने उपचार खर्च पनि एक लाखभन्दा प्रति सदस्य २० हजारका दरले बढ्ने गरेको छ ।

झापाकी रोजिना दाहालः महाराजगञ्जबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तहमा टपर
सोमबार, असार २, २०८२
मञ्चको गीतबाट अस्पतालको शैयासम्मः चर्चित गायिका रचना रिमालको जीवनका कठिन पल
सोमबार, असार २, २०८२