
नेपाल हेल्थ न्युज, काठमाडौँ । कान्ति बाल अस्पतालमा एक वर्षमा २ लाख भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
सोमबार कान्तिका ६३ औँ वार्षिकोत्सव अवसरका निर्देशक डा. पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन् ।
यसै गरी, भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ । १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै डाइग्नोष्टिक सेवाअन्तर्गत अस्पतालले ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्स-रे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ ईईजी सेवा लिएका छन् । आर्थिक वर्षभरीमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

