
नेपाल हेल्थ न्युज, काठमाडौँ । थालेसीमियाका बिरामीहरुको उपचारमा प्रयोग हुने ‘आइरन चिलेटर’ औषधि स्वास्थ्य बीमाको सुविधामा समावेश गर्न माग गरिएको छ ।
प्रदेश सभा लुम्बिनीले थालेसीमियाका बिरामीहरुको अति आवश्यकीय तीन ‘आइरन चिलेटर’ क्रमशः डिफेरासिरोक्स ४ सय एमजी, १ हजार एमजी (ट्याब्लेट) , डिफेरीप्रोन ५ सय एमजी (ट्याब्लेट) र डिफोरोक्जामिन इन्जेक्सन ५ सय एमजी (भाइल) स्वास्थ्य बीमाको सुविधामा समावेश गर्न स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गरेको हो ।
‘हजारौँ नियमित रुपमा जीवनभर रगत चढाइरहनु पर्ने थालेसीमियाका बिरामीहरुको तपशिलमा उल्लेख भएका ‘आइरन चिलेटर’ तुरुन्त स्वास्थ्य बीमामा समावेश गरी नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ लाई आत्मसाथ गर्न अनुरोध छ ।’– लुम्बिनी प्रदेश बाँके १ (क) का प्रदेश सभा सदस्य कृष्णा के.सी. (नमूना) द्धारा जारी पत्रमा भनिएको छ ।
साथै यी औषधिहरु नेपाल सरकारको अति आवश्यकीय औषधिहरुको सुची (छैठौँ संशोधन), २०२१ म पहिले नै उल्लेख भएको जारी पत्रमा भनिएको छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

