
नेपाल हेल्थ न्युज, काठमाडौँ । हेल्थ एआई फर अल कन्फ्रेन्स (हाईकन) २०२५ काठमाडौंमा सुरु भएको छ ।
नेपाल सहितका विकासशील देशमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्क ९हाइनेट० ले पहिलो कन्फ्रेन्सको आयोजना गरेको हो ।
कन्फ्रेन्समा स्वास्थ्य एआईबारे छलफल तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक पूँजीका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो सत्रमा छलफल हुनेछ ।
त्यसैगरी, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो छ र नेपाल जस्ता देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो सत्र आयोजना हुनेछ । तेस्रो सत्रमा भने स्वास्थ्य एआईको प्रयोग र फाइदाबाट कोही पनि वञ्चित नहोउन् भन्ने विषयमा खुला छलफल हुनेछ ।
सम्मेलनमा विभिन्न देशका विज्ञले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसका सम्भावना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिन चल्नेछ ।
स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसमाझ पनि पुगोस् भन्ने अभिप्रायले नेपालको अग्रसरतामा हाइनेटको स्थापना भएको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डेले बताउनुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
