
नेपाल हेल्थ न्युज, काठमाडौँ । पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीले आँखा गुमाउनु परेको छ ।
गत मंसिर १८ गते पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा गुमेको हो ।
विद्यालय प्रशासनका अनुसार गत मंसिर १८ गते कक्षामा पढाइरहेका बेला दुई विद्यार्थीबीचको झगडा छुट्याउन लठ्ठीले हान्दा चौधरीको आँखामा लागेको थियो ।
घटनापछि विद्यालय प्रशासनले नै बालकलाई गोपीगन्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी हुँदै रणअम्बिका आँखा अस्पताल भैरहवाबाट काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याए । अस्पतालले मंसिर १९ गते शल्यक्रिया गरेर बाहिर निस्किएको नानीलाई भित्र त राखिदियो । तर चिकित्सकले नानी फुटेकाले बालकले आँखाले देख्न नसक्ने बताएको अभिभावक बताउँछन् ।
बालकको दाहिने आँखाले पनि राम्ररी देख्दैन । देब्रे आँखाको चोटले दाहिने आँखा पनि खोल्न र हेर्न नमिलेको हो । उपचारका लागि एक वर्ष लाग्ने जानकारी चिकित्सकबाट पाएका अभिभावकले हप्ताहप्तामा फलोअप गराइरहेका छन् ।
काठमाडौंमा उपचार गराएर फर्किएपछि मात्र बालकको बाबु नरेन्द्र चौधरीले पुस १६ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिकाविरुद्ध उजुरी दिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताउनुभयो । त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
यस घटनामा प्रहरीले पुस १९ गते शिक्षिका सन्जुविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । तर, अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
